एम बि थापा दर्लामी मगर
नेपालमा जातिय समस्या छ । यो जातीय समस्याको समाधान राजनीतिक रुपले मात्र सम्भव छ l ज्ञापन पत्र बुझाएर मात्र हुने वाला केहि छैन । राजनीतिकरुपले यो समस्या हल गर्नको लागि यो समस्यालाई देशब्यापीरुपमा चर्चा परिचर्चा, बहस छलफलमा ल्याउन जरुरी पर्छ । यो काम बन्द कोठामा आठ दश जना मानिसले गरेर सम्भव छैन । यो काम आम जनमानस सामेल भएको पार्टीमार्फत गर्दा मात्र सम्भव छ ।
नेपालको जातिय समस्या हल गर्न जातीय समस्यामा नपरेका समुहले (बाहुन छेत्री) नेतृत्व गरेको पार्टी (कांग्रेस, एमाले, माओवादी) ले झिनोरुपमा प्रयास गरेतापनि सशक्त रुपमा गरेनन, गर्ने कुरो पनि भएन किनभने यो समस्या ति समुहको होइन । जातिय समस्याको राजनीतिकलाई देशब्यापीरुपमा चर्चा-परिचर्चा,बहस छलफलमा ल्याउने, यसको पक्षमा जनमत जुटाउने र परिचालन गर्ने काम सिर्फ त्यो पार्टीले मात्र गर्न सक्छ – जुन पार्टीमा यो मुद्धा सशक्तरुपमा (प्रधानरुपमा) उठाएको हुन्छ र त्येसको नेतृत्व जातिय समस्यामा परेका समुदाएका (मगर, थारु, तामांग, गुरुङ, राइ, लिम्बु, शेर्पा) मानिसले गरेको हुन्छ ।
नेपालमा यस कामको औपचारिक थालनी २०४६ सालको जनाअन्दोलन पछि रास्ट्रीय जनमुक्ति पार्टीले गर्यो । र हाल आएर संघीय समाजवादी पार्टी र सामाजिक लोकतान्त्रिक पार्टीले केहि हद सम्म शुरु गरेका छन् । यी पार्टीहरु भनेको नेपालको जातीय समस्याको राजनीतिकरुपले हल गर्न स्थापना भएका पार्टी हुन् । यी पार्टीका नेतृत्व तहमा वर्षौ सम्म जातीय समस्यामा पेलिएका, दलिएका, थिच्चिएका समुदायेका मानिसहरुले गरेका छन् । यी पार्टीहरुको मुख्य राज्निनितिक मुद्धा भनेकै जातिय समस्याको शान्तिपूर्ण समाधान (संघीय, समानुपातिक, लोकतान्त्रिक, समाजवादी सिद्धान्तमा निर्मित नया नेपाल) हो ।
हामीले नेताको टोपी होइन मुखडा, पार्टीको झन्डा होइन इरादा हेर्ने बनि बसाल्नु पर्छ । हामि आदिवासी जनजाति यी पार्टीहरु स्थापना भएकोमा हर्षबधाई मान्नु पर्छ । हाम्रो राजनीतिक आस्था यी पार्टीहरु पार्टी समर्पण गर्नुपर्छ । हालै खोलिएका पार्टीहरुमा हामि एक अर्कालाई यो भएन, त्यो भएन भनेर जुन फेसबुक आदि इत्यादिमा टिका टिप्पणीहरु सुरु भएको छ त्येसले बन्दै गरेको घर पनि बन्न अगाडिनै भत्काउने काममात्र भईरहेको छ । यस्तो ‘बादरे चाल’ ले गर्दा हामि आदिवासीहरुले आज सम्म यतिका दुख पायों । अबपनि यो बादरे चाल त्याग्न नाथालने हो भने हाम्रो अवस्था अझै डर लाग्दो हुने छ । कमिलाहरुको जस्तो चालमाल मिलाएर आफ्नो घर आफै बनाउने र आफ्नो हित रक्षाकोलागि लागी पर्ने समय आएको छ ।
जसले हाम्रो पिडामा दवाई दिन्छु भन्छ – उसलाई हामी गालि गर्छो, तर पिडामा पिडा दिनेलाई दश औला जोडी सलाम ठोक्छो । यो हाम्रो उल्टो मति बदल्नु जरुरी छ ।
(दर्लामी मगर, नेपाल आदिवासी जनजाती महासंघ हंगकंगका अध्यक्ष हुन)