राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आजको जित पनि मच्छिन्द्रले तीन अङ्क थप्दै २३ अङ्क पु¥याएको हो । पहिलो स्थानमा रहेको थ्रीस्टारको २५ अङ्क छ । आजै भएको पहिलो खेलमा भने सरस्वती युथ क्लबले मध्यपुर एसोसिएसनलाई १–० ले हराएको छ । आजको जितपछि सरस्वती ११ अङ्क जोड्दै सरस्वती प्रतियोगिताको ११ औं स्थानमा उक्लिएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा, मच्छिन्द्र क्लब दोस्रो स्थानमा उक्लिन सफल
Read Time:48 Second