सवारी दुर्घटनामा दुईजनाको मृत्यु
भीमफेदी, १९ कात्तिक । पूर्वपश्चिम महेन्द्र रामार्गको बसामढीमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौँबाट जनकपुरतर्फ गइरहेको ना३ख ७९६८ नम्बरको यात्रीवाहक बसले सडक किनारमा रोकिराखेको ट्याङ्करलाई ठक्कर दिँदा बसमा सवार दुईयात्रीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजना मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका १३ जनामध्ये सातजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारार्थ चितवन पठाइएको छ ।
रासस