रेडबुल लिग फुटबलको आज दोस्रो दिन

पाल्पा, १७, “हाम्रो गोल, महिला हिंसा बिरुद्धको बोल” भन्ने नाराका साथ हिजो बाट तानसेनमा सुरु भएको जिल्ला स्तरिय राष्ट्रिय रेडबुल लिग फुटबल प्रतियोगितामा आज २ वटा खेल हुदैछन् । तानसेनको टुडिखेल मैदानमा दिउसो १ बजे हेने खेलमा त्रिभुवन बहुमुखि क्याम्पस तानसेन र जनकल्याण युबा क्लब चिर्तुङ्गधारा  र ३ बजे हुने खेलमा युथ युनाईटेड क्लब तानसेन र बतासे युबा क्ल्ब बिच प्रतिस्पर्धा हुने खेल संचालन उपसमितिका संयोजक मनोहर थापाले जानकारी दिनुभएको छ । हिजो भएको उद्घाटन खेलमा कल्याणकोष समिति बसपार्कले सराई युबा क्लवलाई २–० ले पराजित गरेको थियो । २९ गते सम्म संचालन हुने प्रतियोगितामा पाल्पा जिल्लाका १८ क्लबहरुले सहभागीता जनाएका छन् । जिल्ला फुटवल संघ पाल्पाका अध्यक्ष भिमसेन कार्कीका अनुसार  प्रतियोगितामा प्रथम हुने क्लबको नाममा खेलाडी छनौट गरी माघ ५ गते हुने क्षेत्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।