तमु प्ये ल्हु संघ हङकङको सप्री ल्होसार “शुभ साइत कार्यक्रम”

Read Time:3 Minute, 6 Second
३० डिसेम्बर, हङकङ, तमुहरुको महान धार्मिक पर्व “सप्री ल्होसार”को शुभ अवसरमा तमु प्ये ल्हु संघ हङकङ शाखाले सधैंको बर्षहरुमा झैं यस बर्ष पनि “ल्होसार पर्व” ०१ जनवरी २०१३ का दिन भब्य रुपमा मनाउंन गई रहेको भएतापनि तमुहरुको परम्परा अनुसार पुष १४ को अन्त र १५ को शुरुवातसंगैको मध्य रात १२ बजेको समयमा शुभ साइत कार्यक्रम सम्पन्न ग-यो ।
तमुहरुकै धर्म गुरु पच्यु चिवा एक प्रसाद क्रोम्छे तमु तथा क्ल्हेप्री चिवा प्रेम बहादुर क्रोम्छे तमुद्वारा तमुहरुकै परम्परा तथा संस्कार अनुसार पूजापाठ तथा बोन फायर साथै नें तनें (धनुष वांण) प्रहार गरि पुरानो “मुप्री ल्हो” लाई बिदाई र नयां “सप्री ल्हो” लाई स्वागत गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्दै हर्षौल्लासमयको साथ सम्पन्न गरेको छ।
हङकङको सबै भन्दा उच्च स्थान ताइ मो शान अर्को तर्फ अत्याधिक चिसोको प्रवाह नगरिकन र मध्य रातको समयमा पनि उपस्थित तमु प्ये ल्हु संघका कार्यसमिति, सल्लाहकार बुद्धिजीवी र तमु प्ये ल्हु शुभ चिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई सफल तुल्याई दिएकोमा संघका अध्यक्ष जितेन्द्र योज तमु र संघकै सचिव भोजेन्द्र पच्यु तमुले धन्यवाद ब्यक्त गरे। बिगतमा तमु प्ये ल्हु संघ हङकङले यस प्रकारको कार्यहरु घरभित्रै गर्दै आएकोमा यस पटक (पहिलो पटक) बाहिरिया (स्थान) रुपमा गरेको हुंदा निकै रोचक र रमाईलो महशुस गरेका थिए सबैले। 
संघका अध्यक्ष जितेन्द्र योज तमु तथा सचिव भोजेन्द्र पच्यु तमुले “सप्री ल्होसार” को आशिमलां ब्यक्त गर्दै शुभ साइत कार्यक्रमलाई सफल बनाउंन यातायात र खाजापानीको प्रबन्ध तथा प्रायोजक गर्नु हुने संघकै कोषाध्यक्ष पिताम्बर तमुलाई धेरै धेरै धन्यवाद ब्यक्त गरे । यसै गरि अर्का खाजापानीको प्रबन्ध गर्नुहुने तमु प्ये ल्हु संघकै काम्तिन आमा समूहलाई पनि धन्यवाद ब्यक्त गरे र ०१ जनवरीका दिन ल्होसार पर्व भब्य रुपमा मनाउंन तमु प्ये ल्हु शुभचिन्तक तथा हङकङबासी तमुहरुलाई हार्दिक आह्वान पनि गरे ।

मुक काजी (काजी) प्ल्हें तमु
सम्वाददाता

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %