११७ औँ जन्म दिनको उपलक्ष्यमा किन सम्झने लाहुरे श्रस्टा मास्टर मित्रसेनलाई (बि. एफ. बि. एस. रेडियोबाट प्रशारीत मित्रसेन थापामगरको गित र बिजय हितानसंगको कुराकानी)

Read Time:9 Minute, 46 Second

बिजय हितान
लाहुरे बन्दुक र खुकुरी मात्रै चलाएर बिस्व शान्ति कायम गर्दैनस कलम  चलाएर गीत, कबिता, कथा, तथा काब्य लेखेर साहित्यको सेवा पनि गर्छ । लाहुरे बुटमात्रै बजारेर धुलो उडाउँदैन, मादल बजाएर सुरिला गीतहरू गाएर मीठा मीठा संगित सुनाउँछ । लाहुरे लेफ्ट राइट लेफ्ट गर्दै परेड स्क्वाएरमा ड्रिल मात्रै खेल्दैन, रङमन्चमा नाटकहरूपनी खेल्छ । लाहुरे मोलमाल गरेर कैले प्रमोसन हुन्छु मात्र सोँच्दैन, गोर्खालीका नराम्रा कुरुतीलाई कसरी हटाउन सकिन्छ भनि समाजसुधार कार्यमा पनि लाग्छ । लाहुरे भी सी र एम सी जस्ता बहादुरी मात्रै कमाउँदैनस मास्टर, कथाकार, कबि, गितकार, गायक, नाटककार, समाज सुधारक इत्यादी उपनामहरु पनि कमाउँछ ।  यस्ता महान लाहुरेहरू अङ्रेजको ब्रिटिश इन्डिया छेका पनि रहेछन्, मलेसिया र हङ्कङे युगमा पनि थिए, भने एैले आधुनिक बेलायती गोर्खाली पल्टनमा पनि नहुने कुरै भएन ।
यस्तै महान लाहुरे मध्य एक ब्यक्तित्व थिए मित्रसेन थापामगर । उनी मित्रसेन मात्रै थिएनन, उनको संगित प्रतिको देनले गर्दा भारतमा मास्टरु उपनामले सुसोभित भएका थिए । सन १८९५ डिसेम्बर २९ मा इन्डियाको हिमान्चल प्रदेस भाक्सुमा जन्मेका मित्रसेन फर्स्ट गोर्खा राइफलका सदस्य थिए । यस्ता बहु प्रतिभाका धनी ब्यक्तिलाई जन्माउने आमा राधा र बुवा मनबिरसेन थापामगर थिए । भनिन्छ बाग्लुङको राखुपुलका उनका बाजे सुन्दरसेन थापामगर, सेनापती अंमरसिङ थपामगरको फौजमा अङ्रेजसँग नालापानीको किल्लामा लडदालडदै उतैतिर बसेका थिए ।
जनजातिको छोराको उतिबेला पेसा के त-बाउ बाजे लाहुरे, आफुपनी लाहुरे । लाहुरे हुनुको बाध्यता-आर्थिक कमजोरि । त्यसै सिल्सिलामा मित्रसेन् पनि फर्स्ट गोर्खा राइफलमा सन १९१२ मा भर्ती भए । ब्रिटिशले किन भर्ती गर्छ गोर्खालीलाई-लडाइँमा होमेर आफ्नो साम्राज्य बचाइराख्न । मित्रसेन पनि पहिलो बिस्वयुद्द लड्न मध्यपुर्ब, उत्तर अफ्रिका र युरोप पुगे । हजारौँ गोर्खालीले प्राणको आहुती दिँदा मित्रसेन भाग्यले बाँचेर घर फर्के । शारीरिक रुपमा त उनी जस्ताको तस्तै फर्केका थिए तर लडाइँको रगत् पसिना र काट मारले उनको मानसिकता अतिनै घायल भैसकेको थियो । नमोर्दासम्म संगित र साहित्यलाई सेवा गर्नु उनको भाग्यमा लेखिएको रहेछ्, कहाँ मर्छन मित्रसेन बिस्वयुद्दको मैदानमा १ उनी आफैले आत्मसात गरेका थिएकी आफुमा कति योग्यता छ भनेर । तर पल्टनघरको पर्खालभित्र रहिरहे त्यो अदभुत योग्यता स्फुटित भएर बाहिर निस्कनुको सट्टा उल्टै बिलिन भएर जान सक्थ्यो भन्ने कुरालाई मनन गरेर उनी पल्टनबाट सन १९२० मा  नाम काटेर निस्के । ८ बर्षको छोटो नोकरी पछि निस्कनुको पछाडि उनको ठुलो इछ्या थियो – संगित, साहित्य र समाजको सेवा गर्ने । अनि त उनले लेख्न लागे झ्याउरे गीतहरू अनि गाउनथाले – “मलाइ खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनिले।।।,” “लाउरेदाइको रेलिमाई फेसनै राम्रो ।।” इत्यादी इत्यादी, धन्दै ३७ गीतहरू । उनले गीत मनोरन्जनको लागि मात्रै गाएनन, उनका हरेक गीतले मात्रुभुमीलाई मायाको सन्देस सुनाउँथ्यो । ‘छत्रे टोपी ढल्काइ खुकुरी चम्काइ ।।।’ जस्ता गीतहरूले गोर्खालीको गौरव पनि बोकेको हुन्थ्यो । लाहुरेको धेरै रक्सी पिउने, जुवा तास खेल्ने र रन्डिबाजी गरि सधैं रमाइलोमा जिन्दगी बिताउने कुरुतीहरू हुन्छन् र तीनलाई हटाउनु पर्छ भन्ने आभास पनि पाईन्छ उनका कतिपय गितहरुमा । समग्रमा नेपालि संगितको जगेर्ना र बिकास गर्नु पर्छ भनि ती गीतहरूलाई सन १९३६ मा कलकत्ता लगि ग्रामोफोनमा रेकर्ड पनि गराए । एउटा नेपालिलाई आफ्नो रास्ट्रको माया स्वदेसमा भन्दा बिदेसमा रहँदा अती प्यारो लाग्छ ।  समाजलाई सुधार्नु छ भने पहिला आफै सुध्रिनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बिदेसमा नेपालिपन कायम राख्नुपर्छ भनेर दौरा सुर्वाल र बिर्खे टोपी जिन्दगिभर लगाएर नेपालि रास्ट्रियता जोगाइराखे मास्टर मित्रसेनले ।
 गितसङित मार्फतमात्रै हुँदैन, धर्मको आडमा पनि समाजको उत्थान गर्न सकिन्छ भनेर भजन क्रितन गाउने र कृष्ण सुदामा र द्रौपती चिरहरण जस्ता १४ वोटा नाटकहरुमा पनि खेले । यतिले मात्रै नपुगेर लाहुरेहरू हिँडने बाटो – नौतन्वा, सुनौलि, र बटौलीमा महिनौ सम्म बसेर – छुट्टीमा आउने लाहुरेहरू घर नपुग्दै कमाई ल्याएको पैसा भट्टिमा सिद्याएर घरै नपुगी त्यतैबाट पल्टन फर्किने लाहुरेहरूलाई यसो गर्न हुन्न भनि अभियानै चलाए । भानुभक्तले रामायणलाई नेपालीमा उल्था गरे झैँ मित्रसेनले पनि बुद्द बाणीलाई नेपालीमा उल्था गरेका थिए । त्यतिमात्रै होईन प्रख्यात रुशी कथाकार लियो टाल्स्टायको कथालाई पनि अनुबाद गरे । गिता, भक्त प्रलाहद र एकादसी ब्रतकाथा जस्ता १२ वोटा खन्डकाब्यहरू पनि लेखेका थिए ।
सङितकार र साहित्यकार प्रायजसो दुखि हुन्छन् भन्नेकुरा मित्रसेनको जीवनमा पनि लागु भयो । जेठी श्रीमती र ३ छोराछोरी हैजाको रोगबाट गुमाउनु पर्दा उनको जीवनमा आकासै खसेको थियो । पागलै बनिसकेका मित्रसेन ३० बर्षको उमेरमा आमाबाको करकापमा दोस्रो बिबाह गरेर दुखि जिन्दगीलाई अगाडी धकेलेका रहेछन् । भनिन्छ नाटक मन्चित गर्ने क्रममा भारतका हिमाँचल प्रदेस, पस्चीममा दार्जलिङ र सिक्कीम, अनि नेपाल् आउँदा श्रीमती र छोरा पनि संगै हिंडेर मित्रसेनलाई साथ दिएका थिए । यस्ता अथक लाहुरे श्रस्टाको आखिरी दिनहरू बिमारी परेर अती कस्टकर भयो । सन १९४० देखि थल्लिएका मित्रसेन बिस्तरामा हुँदा ‘मित्रको डायरि’ लेख्दै ९ अप्रिल १९४६ मा स्वर्गेबास भए । पछि हिन्दी तथा नेपाली गीत सङित, साहित्य र समाजसुधार कार्यलाई कदर् गर्दै भारत र नेपाल् सरकारले उनको नाममा हुलाक टिकट छपाएर सम्मान गर्यो ।
मलाइ भन्न मन लाग्छ यदि मित्रसेन अरुनै हुन्थे र नेपालमा जन्मेका हुन्थे भने शायद लछ्मिप्रसाद देवकोटा र नारायण गोपाल भन्दा कम सम्मान पाउने थिएनन होला । तरै पनि उनी गीत सङितमा माहिर भएकोले मास्टर कहलाइए र झ्याउरे गीतका किङ बने । यस्ता लाहुरे स्रजकलाई भुल्नु हाम्रो इतिहासलाई नै भुल्नु हो । त्यसैले लाहुरे समुदायले त उनलाई सम्झनै पर्छ तर सिंगो नेपाली रास्ट्रले पनि उनलाई सम्झिन र सम्मान दिन जान्नु पर्छ भन्ने मेरो मान्यता हो । मास्टर मित्रसेन थापामगर जस्ता अरु श्रस्टाहरू पनि हाम्रो समाजमा अझै जन्मनु पर्छ ।      

११७ औँ जन्म दिनको उपलक्ष्यमा बि. एफ. बि. एस. रेडियोबाट प्रशारीत लाहुरे श्रस्टा मास्टर मित्रसेन थापामगरको गित र बिजय हितानसंगको कुराकानी सुन्न तल थिच्नुहोस l

http://www.bfbs.com/radio/listen/player?stream=L3JhZGlvL2xpc3Rlbi9zdHJlYW0vRDVfR29kaHVsaV9wdDFfZ3IubXAz

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %