२६ डिसेम्बर २०१२ मुक काजी गुरुङ,तमु प्ये ल्हु संघ हङकङले गत २४ डिसेम्बर २०१२ का दिन तमु ट्हो ह्युल हङकङद्वारा आयोजित रोधी सांझ -२०१२ मा नेपालबाट आ आफ्ना प्रस्तुति पस्कन आएका नवकलाकारहरुलाई जोर्डनस्थित चौतारी क्लबमा एक भेटघाट कार्यक्रम मार्फत रात्री भोजको आयोजना गरि स्वागत तथा सम्मान गर्यो । तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल कान्छा गुरुङ रहेका थिए भने बिशेष तथा अन्य अतिथिहरुमा आमन्त्रित कलाकारहरु स्याङ्जा जिल्ला मनकामना गाबिस आरुखर्क निवासी लोकदोहोरी गायक शंकर बिरही गुरुङ, यसै गरि लम्जुङकी लोकदोहोरी गायिका बिष्णु माया गुरुङ र कास्की धम्पुसकी नृत्यङ्गन तथा छमछमी सिजन २ का रितु गुरुङ, डांडा गाउंले समाजका अध्यक्ष तथा संघकै सल्लाहकार सुरेश गुरुङ, तनहुं समाजका सचिव सुवित गुरुङ र भिरकोट आठ्थर तमु समाजका सचिव डिल कुमार गुरुङ थिए। संघकै प्रवक्ता चौ गुरुङको स्वागत मन्तब्य रहेको छोटो औपचारिक कार्यक्रमलाई संघकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए भने मञ्चमा आसिन केहि ब्यक्तित्वहरुले कलाकारहरुको सफल भविष्यको शुभकामना सहित नजिकै आउंदै गरेको तमुहरुको महान धार्मिक पर्व सप्री ल्होसारको पनि आशिमलां ब्यक्त गरेका थिए । यसैगरि सम्मानित कलाकारहरुले पनि सम्मानित हुने सौभाग्य मिलेकोमा तमु ये ल्हु संघ हङकङ, स्याङ्जा जनसेवा समिति हङकङ र भिरकोट आठ्थर तमु समाज स्याङ्जा हङकङलाई धन्यवाद ब्यक्त गरे भने स्याङ्जाली नव प्रतिभा लोकदोहोरी गायक शंकरुबिरही गुरुङले हालै मात्र बजारमा ल्याएको उत्कृष्ट लोक तथा दोहोरी गीतहरुको संग्रह आकृति लोक भि सि डी भाग १ उपहार स्वरुप उपस्थित सबैलाई प्रदान गरे र गायक गुरुङले आफ्नो हे तिम्रो फोटो मोबाईलमा राखेको भन्ने केहि लाइन नयां गीत गाएर उपस्थितजनहरुको ध्यानार्कषण गराएका थिए।
अन्तमा, संघले आयोजना गरेको सम्मान कार्यक्रममा स्याङ्जा जनसेवा समिति र भिरकोट आठ्थर तमु समाज स्याङ्जा हङकङका दाजुभाइ तथा बहिनीहरु पनि उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु भएकोमा अध्यक्ष जितेन्द्र गुरुङले धन्यवाद ब्यक्त गरे भने उपस्थितजनहरुलाई पनि धन्यवाद ब्यक्त गरे। यसैगरि तमुहरुको महान पर्व सप्री ल्होसारको आशिमलां ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।कार्यक्रम तमु प्ये ल्हु संघ हङकङको आयोजनामा गरिएको थियो भने भिरकोट आठ्थर तमु समाज र स्याङ्जा जनसेवा समिति हङकङले पनि संयुक्त रुपमा कलाकारहरुलाई सम्मान गरेका थिए।
मुक काजी गुरुङ