देब पचभैया पाल्पा, पौष, १४, प्रहरी महानिरिक्षक कुवेर सिंह राना मगरले प्रहरी भित्रको भ्रस्टाचार र आर्थिक अनियमिततालाई न्युनिकरण गर्न आफु क्रियाशिल रहेको बताउनु भएको छ । गृह जिल्ला पाल्पा आउनुभएका महानिरिक्षक रानाले जनजाति पत्रकारसंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सबै नेपालीले शान्तीको अनुभब गर्ने गरी सुरक्षाको बातावरण बनाउने बताउनुभएको छ । दण्डहिनताको अन्त्य र जिम्वेवारीलाई आत्मसाथ गर्न सबै प्रहरीलाई निर्देशन दिएको उहाको भनाई छ । प्रहरी प्रमुख रानाले ६३ हजार प्रहरीको प्रमुख भएकाले आफुले निस्पक्ष र पारदर्शी हिसाबले संगठन संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
देशमा रहिरहेको राजनैतिक अन्यौलताले शान्ती सुरक्षा लाई चुनौती थपिएको भन्दै उहाले चुनौतीलाई प्रहरीले अबसरको रुपमा लिएर अघि बढ्ने बताउनुभयो । आफु प्रहरीमा लागदेखि नै प्रहरी प्रमुख बन्ने भनेर काम नगरेको भन्दै उहाले ईमान्दार पुर्बक देश र जनताको सेवा गरेकैले सरकारले संगठनको जिम्वेबारी सुम्पिएको बताउनुभएको छ । पोखरामा बिहिबार सम्पन्न पश्चिमाञ्चल स्तरिय क्षेत्रिय सुरक्षा गोष्ठी सकेर पाल्पा आउनुभएका प्रहरी महानिरिक्ष रानालाई शुक्रबार आदिबासी जनजाति महासंघ , नेपाल मगर संघ पाल्पा र पाल्पा उधोग बाणिज्य संघले सम्मान गरेको थियो ।
पाल्पाको बौघा गुम्हामा जन्मनुभएका कुबेर सिंग राना लाई जन्म गाउ बौघा गुम्हाका जनताले पनि भब्यताका साथ सम्मान गरेका छन् । उहाले एक दिन जन्म गाउ बौघागुम्हा बासीहरु संगै बिताउनुभएको छ ।
२०४० सालमा प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रबेश गर्नुभएका राना २३ औ प्रहरी प्रमुखको रुपमा ३ महिना अघि प्रहरी प्रमुख बन्नुभएको हो ।