हुम बहादुर पचभैया थापा मगर,२०६९ पौष ११ गते,बुघबार, काठमाण्डौ,बिनोवाभावे, महात्मागान्धी र भगवान बुद्धको बिचारको संगम मानिनु हुने श्रीलंकाका सर्बोदय श्रमदानका अध्यक्ष श्रद्धेय डा. ए. टि. आर्यरत्नज्यूले शान्ति र समृद्धिको लागि नेतृत्वदायीहरुको भूमिका बिषयकमा प्रवचन दिनु भएको छ ।
प्रमुख अतिथि र प्रवचनका मुख्य बक्ता रहनु भएका ७१ बर्षिय आर्यरत्नज्यूले भगवान बुद्धका बिचार र बुद्ध दर्शन आफुले बुद्ध जन्मेको देश नेपाल, अमेरिका, बेलायत, इटाली, जर्मन, अस्टेलिया, भारत, फिलीपिन्स, बेल्जियम, नरवोए, जापान, दक्षिण कोरिया लगाएत अन्य देशहरुमा पनि प्रवचनको माध्याम बाट प्रचार गरेको जानकारी दिनु भयो । प्रवचनकै क्रममा शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश नेपालमा किन सदै काट्मार र अशान्ति हुन्छ भन्ने एक प्रश्नमा बुद्धले पनि आफ्नो धर्मादेशना दिदै गर्दा बिरोधीहरुले छेवेमा सुगुर काटेर खाएको उल्लेख गर्दै प्रश्नकर्ताको जिज्ञ्यासा मेटाइदिनु भएको थियो । बिज्ञान तथा प्राबिर्धिक मन्त्री डा. केशबमान शाक्यको बिसेश अतिथि रहेको सो कार्यक्रमा सील्भिया राजउपाध्यले दोभासेको काममा सहयोग गरेकिथिन । उक्त कार्यक्रम बौद्ध बिहार संघ अक्षेश्वर महाबिहार, पुलचोक, ललितपुरको प्रागणमा सम्पन्न भएको थियो ।
श्रीलंकाका भिक्षु डा. ए. टि. आर्यरत्नज्युबाट प्रवचन
Read Time:2 Minute, 1 Second