बांकेमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

Read Time:4 Minute, 48 Second

ज्याभलिङ थ्रोको खेल पनी सकियो, एकको प्रोटेष्स बदर एकको छलफल छानबिन हुदै

दीपा आले

नेपालगन्ज पुष ११ गते “राष्ट्रकोलागि खेलकुद, स्वास्थ्यकोलागि खेलकुद” भन्ने मूल नारासहित बांकेको जनता उच्च मावि विद्यालयमा पांचौ विधालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०६९ पुष ९ गतेदेखि सुरु भएको छ । पहिलो दिनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलकुदको बिषयलाई विद्यालयको अनिबार्य विषयमा राख्नुपर्ने बताउनु भएको छ । उहांले खेलकुद विषयलाई विद्यालयको अतिरिक्त बिषयमा नभई अनिबार्य बिषयमा समाबेश गरेमा खेल क्षेत्रको विकास हुने बताउनुभयो । जापानमा १ सय २० बर्ष अगाढी स्थापना भइसकेको खेलकुद विश्व विद्यालय नेपालमा अहिले सम्म पनि स्थापना हुन नसक्नु दुखको कुरा भएको बताउदै उहांले खेल क्षेत्रको विकास गर्नका लागि सबै क्षेत्रको सहयोग हुनुपर्ने बताउनुभयो । पुष ९ गते देखि सुरु भएको रनिङशिल्ड प्रतियोगिता पुष १४ गतेसम्म चल्ने बताइएको छ । प्रतियोगीतामा दुई खेलका १४ वटा इभेन्टहरु हुनेछन भने भलिबल र एथलेटक्सिका बिभिन्न इभेन्टमा ९९ वटा बिद्यालयका हजारबढि बिद्यार्थीहरुको सहभागीता रहेको छ । करिब बीस वर्षपछि त्यस क्षेत्रमा आयोजना भएको प्रतियोगीताप्रति स्थानियबासिन्दामा उत्साह देखिएका छन् । कार्यक्रममा बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल, जिल्ला शिक्षा अधिकारी धनसिंह धामी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनमा मार्च पास नृत्य, झाकी देखाईएको थियो ।

पुष १० गते देखि खेलहरु भई रहेका छन् । सोही खेलहरु मध्ये आज बांकेमा जारी पाचौं रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा बुधवार ज्याभलिङ थ्रोकोे छात्रछात्राको खेल पनी सकिएको छ । छात्र तर्फको ज्याभलिङथ्रोमा सनबिम माबि नेपालगन्जका सुवास चौधरी प्रथम भएका छन् । त्यसैगरि माबि ओरिलालपुरका अमृत बिक दोस्रो र शकर मा बि थपुवाका मनोज बिक तेस्रो भएकाछन् । छात्रा तर्फको खेलमा सरस्वती उच्चमाबि भवनियनपुरका सिमा कुमारी थापा प्रथम भएका छन् । त्यसैगरि लिटिल एन्जल्सका सविता थापा मगर दोस्रो र ग्रिनपिस माबि कोहलपुरका मिना बुढामगर तेस्रो भएका छन् यसैगरि बुधवार भएको छात्रा तर्फको भलिवलमा ८ बिद्यालय क्वाटरफाईलमा प्रबेश गरेका छन् ।जसमा दिपज्योती माबी चिसापानी,लक्ष्मी मावी मदूई,साईनिङ स्टार पिपरी,जनशक्ती माबि बैजापूर ,भूवरभूूवानी बिनौना राप्तीपारी, दिपज्योती बिद्याश्रम चप्रगौडी,र सरस्वती उच्च माबि भवानीयापूर रहेका छन् । त्यसैगरि आजै भएको छात्र तर्फको खेलमा १५ बिद्यालय तेस्रो चरणमा प्रबेश गरेको छ । हिजो सटपट र लङ्गजम्पको फानईल खेल भएको थियो । भलिवलवका छात्राको क्वाटरफाईल छात्रको प्रिक्वाटर खेलहरु र एथ्लेटिक्सका प्रिक्वाटर खेलहरु आज हुने प्रचारप्रसार उपसमितीका सयोजक सुमनसिहँ बस्नेतले जनकारी दिनुभएको छ । भलिवल तर्फछात्रा ३३ र छात्र तर्फ ४३ बिद्यालयका भलिवलका टिमहरुको सहभागीता रहेको छ । गतबर्ष बाँकेको लक्ष्मी उच्च माबि मदुईमा प्रतियोगिता भएको थियो । १४ गते सम्म सञ्चालन हुने छ । जनता उच्चमावि सन्तकुटी खजुराको आयोजना तथा व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %