कमला थापा मगरको नेतृत्वमा आदिवासी जनजाती महिला महासंघ बेलायत गठन

Read Time:2 Minute, 19 Second

बेलायत सम्वादाता –
२२ डिसेम्बर, बेलायत, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष सिरी लिम्बुको अध्यक्षतामा आदिवासी जनजाती महासंघ  बेलायतले, नेपालको राजनीतिक घटनाक्रम, आदिवासी जनजाती महिला संगठन गठन लगायत बिबिध समसामयिक बिषयमा छलफल गर्ने गरी भेलाको आयोजना गरिएको थियो l

बेलायतमा रहेका नेपाली आदिवासी जनजाती संघ संघस्थाका महिला प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बृहत छलफलका बिच कमला थापा मगरको अध्यक्षतामा ११ सदिस्य आदिवासी जनजाती महिला महासंघ बेलायत, तदर्थ समिती गठन गरेको छ । कारणबश महासंघ गठन गर्ने समयसम्म प्रतिनिधी उपल्ब्ध गराउन नसकेका जातिय सघहरुको रिक्त स्थान पछि पुर्ति गरिनेछ ।
पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार छ ।
•    अध्यक्ष श्रीमती कमला थापा
•    उपाघ्यक्ष श्रीमती बिमला राई
•    महासचिब श्रीमती बिमला सेने
•    सचिब श्रीमती भावना परिस्कृत सुनुवार
•    कोक्षाध्यक्ष श्रीमती जानुका राई
•    सदस्य श्रीमती गंगा माया दुरा
•    सदस्य श्रीमती नेत्रकला लिम्बु
•    सदस्य श्रीमती अनिता राना
•    सदस्य श्रीमती बसुन्धरा सोग्रेन
•    सदस्य श्रीमती अप्सरा राई
•    सदस्य श्रीमती आशा सुब्बा
उक्त समितिले एक बर्ष भित्र अधिवेशन गर्ने छ भने आउदो  वार्षिक साधारण सभाले बिधान संसोधन गरी आदिवासी जनजाती महिला महासंघ गराउने उक्त भेलामा  निर्णय गरिएको छ । त्यस्तै उक्त सभाले २०६८ को जनगणना आदिवासी जनजाती बिरुध षड्यन्त्र गरी मिथ्यान्क सार्वजनिक गरेको  ठहर गर्दै नेपाली राज्दुताबास समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %