हंगकंग, २४ डिसेम्वर, तमु टो ह्यूल हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटि हलमा सम्पन्न रोधी साँझ २०१२ मा रोधी घरमा रोधी बसेको झझल्को आउने गरी रोधी घरमा गरीने क्रियाकलाप प्रस्तुत गरीएको थियो । एक छिन त दर्शकहरुलाई पनि रोधी घरमा नै छु भन्ने भान परेको पनि हुन सक्छ । नेपालबाट लोक गायक शंकर विरही गुरुङ र लोक गायिका विष्णु माया गुरुङ तथा छमछमीमा फस्ट रनर अप भएकी नृत्यङगना रीतु गुरुङ साथै तमु सांस्कृतिक परिवारको प्रस्तुती रहेको थियो ।
अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यय प्रमुख अतिथि रहेका थिए । सविच युबराज गुरुङको सञ्चालनमा उपाध्यक्ष रीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन । भाषा संस्कृतिको जर्नेना गरौ भन्दै तमु टो ह्यूल हंगकंगले एउटा कार्य समितिको कार्यकालमा एउटा भने पनि रोधी साँझ गर्ने गरेको छ ।
रोधी साँझमा रोधी घरमा बसेको झझल्को
Read Time:1 Minute, 23 Second