मिस हंगकंग नेपालको ताज परीनाले पहिरीन

Read Time:2 Minute, 33 Second

हंगकंग, २३ डिसेम्वर, मिस हंगकंग नेपाल सोसाइटीको आयोजनामा याउ मा तेइ कम्यनिटि हलमा सम्पन्न मिस हंगकंग नेपालको ताज परीना सुब्बाले पहिरीएकी छिन । परीनाले मिस पर्सनालीटिको उपाधि समेत जितेकी छिन र साथमा हंगकंग डलर दश हजार प्राप्त गरेकी छिन । फस्ट रनर अप मनिसा राईले पाच हजार हंगकंग डलर साथै बेस्ट फिगर तथा वेस्ट स्माइलको उपाधि पनि जितेकी छिन । सेकेण्ड रनर अप प्रमिला थापा मगरले तिन हजार हंगकंग डलर र मिस ट्यालेण्ट तथा मिस क्याट वाकको उपाधि समेत जितेकी छिन ।

सात जना प्रतियोगीहरु मध्ये चार जनाले पनि बिभिन्न उपाधि जित्न सफल भएका छन । रेभिका राईले फोटो जेनिक तथा वेस्ट हेयर, एलिसा राईले वेस्ट ड्रेस, पविता गुरुङले मिस स्पोट्टी, र सुसन्ती राईले वेस्ट स्कीनको उपाधि जित्न सफल भएकी छिन ।
जोहन होल्टन, पूव मिस नेपाल जेनिसा मोक्तान, पुनम अदतिया, आसा गोरेन्का र सिन्डी चोयन निर्णायक मण्डलले मिस नेपाल हंगकंग छानेका थिए ।
अध्यक्ष शेरन पुनको अध्यक्षतामा नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्ययको प्रमुख आतिथ्यमा, प्रदीप मालबुलले औपाचारीक कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत मन्तब्य सचिब अन्जु लिम्बुले दिएकी थिइन ।

औपचारीक कार्यक्रम पश्चात नेपालबाट आएकी पूर्व मिस नेपाल माल्भिका सब्बाले मिस नेपाल हंगकंगको कार्यक्रम निकै रोचक ढंगले सञ्चान गरेकी थिइन । नेपालबाट आएका गजल गायक शिव परियारले गजल गीत गाएर हल तताएका थिए र विमा देवी गुरुङको शब्द तथा रचना भएको परियारको आठौ एल्बमको पनि लोर्कापण गरीएको थियो । दर्शकहरुले खचाखच भरीएको हललाई परियारले निकै तताएका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %