चासोक तोङ्नाममा पूर्व मिस नेपाल : नया पुस्तालाई कला र संस्कृति सिकाउनु पर्ने

Read Time:1 Minute, 24 Second

हंगकंग, किरात याक्थुङ चुम्लुङ हंगकंगले चासोक तोङ्नाम कार्यक्रम मंकीहिलमा २३ डिसेम्वरमा सम्पन्न गरेको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले प्रमुख आतिथ्य ग्रहण गर्दै हंगहंग आएर आफ्नो कला र संस्कृति जर्गेना गर्दै यस्तो कार्यक्रम आयोजना गर्नु भएकोमा खुशी लाग्यो भन्दै नया पुस्तालाई पनि यस बारेमा सिकाउनु पर्ने बताइन । बिशेष अतिथिमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर तथा अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए ।
अध्यक्ष त्रिभुवन लुङफुङगाको अध्यक्षतामा उपाध्यक्ष कमल कुमारी वनेमले स्वागत मन्तब्य दिएकी थिइन । सचिब बरधोज ओख्राबुले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थालाई योगदान पर्याउने ब्यक्तिहरुलाई सम्मान गरीएको थियो । मैलिक पहिरनमा मौलिक नृत्य तथा गीतहरु प्रस्तुत गरीएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %