जनगणना २०६८ को नतिजा माथि राज्यसत्ता बहसमा सहभागि संस्था तथा ब्यक्तित्वहरूलार्इ धन्यवाद पत्र

“राष्ट्रिय जनगणना २०६८ को नतिजा कति विश्वसनीय कति अविश्वसनीय” भन्ने शीर्षकमा राज्यसत्ता डटकमले काठमाडौंमा बहस कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुरको जाउलाखेल स्थित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा केन्द्रिय तथ्याङक विभागका निर्देशक द्धय डा. रुद्ध सुवाल, ज्ञानेन्द्र बज्राचार्य, त्रिभुवन विश्वविद्यालय जनसंख्या शास्त्रका प्राध्यापक योगेन्द्र गुरुङ र आदिवासी जनजाति सूचिकरण कार्यदलका डा. ओम गुरुङले २०६८ सालको जनसंख्याको नतिजा सार्वजनिक भए पछि उठेका प्रश्न बारे चर्चा गदै आगामी दिनमा त्यस्ता गल्तीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारे स्पष्ट पारेका थिए ।