राष्ट्रिय जनगणना २०६८ को नतिजा कति विश्वसनीय कति अविश्वसनीय भन्ने शीर्षकमा राज्यसत्ता डटकमले काठमाडौंमा बहस कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको जाउलाखेल स्थित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा केन्द्रिय तथ्याङक विभागका निर्देशक द्धय डा. रुद्ध सुवाल, ज्ञानेन्द्र बज्राचार्य, त्रिभुवन विश्वविद्यालय जनसंख्या शास्त्रका प्राध्यापक योगेन्द्र गुरुङ र आदिवासी जनजाति सूचिकरण कार्यदलका डा. ओम गुरुङले २०६८ सालको जनसंख्याको नतिजा सार्वजनिक भए पछि उठेका प्रश्न बारे चर्चा गदै आगामी दिनमा त्यस्ता गल्तीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारे स्पष्ट पारेका थिए ।
विभिन्न समुदाय र जातजातिका सामाजिक संगठनहरुका प्रतिनिधिहरु, धार्मिक संस्थाका प्रतिनिधीहरु तथा अधिकारकर्मीहरुले जनगणना २०६८ मा भएको त्रुटिहरु औल्याएका थिए । उनीहरुले आगामी दिनमा त्यस्ता त्रुटि नदोहो¥याउन र सुधार गदै लैजाउनु पर्नेमा जोड दिए । केन्द्रिय तथ्याङक विभागका निर्देशक डा. रुद्र सुवाल तथा त्रिभुवन विश्वविद्यालयका जनसंख्या शास्त्रका प्राध्यापक योगेन्द्र गुरुङले जनगणनामा मानवीय र प्राविधिक दुवै त्रुटि हुने त्यसलाई कम गदै लैजान सकिने बताए । केन्द्रिय तथ्याङक विभागका निर्देशक ज्ञानेन्द्र बज्राचार्यले स्रोत साधन जनशक्ति आदिको अभाव साथै प्रविधिको पहुँच नहुदा पनि त्रुटि भएको स्वीकार गरे । २०५८ सालको जनगणनामा भन्दा यस पटकको जनगणनामा त्रुटि कम भएको उनले जानकारी दिए । राज्यसत्ता डटकमका निर्देशक हुम बहादुर थापाको स्वागत तथा पत्रकार सन्त गाहा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बहसमा विभिन्न समुदायका सामाजिक तथा धार्मिक संगठनका प्रतिनिधिहरु अधिकारकर्मीहरु, संञ्चारकर्मीहरु तथा जनगणना सम्बन्धी विज्ञहरु समेत गरि ३० जनाको सहभागिता थियो ।
(राज्यसत्ता नेपाल व्युरो)
(राज्यसत्ता बहसको विस्तृत समाचार तथा भिडियो यहाँले छिटै हेर्न सक्नु हुने छ । )