नागरिकता सम्वन्धी विवाद टुङ्गो लाग्यो

Read Time:2 Minute, 41 Second

काठमाडौँ, १८ कात्तिक 

संविधान निर्माणका लागि गठित उच्चस्तरीय राजनीतिक कार्यदलले नागरिकतासम्बन्धी सम्पूर्ण विवादको टुङ्गो लगाएको छ ।

    आज सिंहदरबारमा बसेको सो बैठकले नागरिकलाई केन्द्रबाटै एकल नागरिकता दिने र अङ्गीकृत नागरिकतालाई कायमै राख्ने निर्णय गर्दै विदेशीलाई प्रदान गरिने नागरिकताका बारे पनि सहमति जुटाएको छ ।

    बैठकले वंशजका आधारमा प्रदान गरिँदै आएको अङ्गीकृत नागरिकतालाई कायम राख्ने, कुनै पनि नेपाली पुरुषसँग विवाह गर्ने महिलाले आफ्नो मुलुकको नागरिकता त्यागेको आधिकारिकता पेश गरेमा उसलाई नेपालको नागरिकता प्रदान गर्ने र गैरआवासीय नेपालीलाई विशेष नागरिकता प्रदान गर्ने विषयलाई टुङ्गोमा पु¥याएको हो ।  

    नेपाली महिलासँग विवाह गरी नेपालमा आइ १५ वर्षसम्म निरन्तर बस्ने विदेशी पुरुषलाई नागरिकता प्रदान गर्ने निर्णय पनि सो बैठकले गरेको छ । यसअघि बसेको कार्यदलको बैठकले सरकारी कामकाजको भाषा देवनागरी नेपाली राख्ने निर्णय गरिसकेको छ ।

      मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि रहेका विवादलाई अन्त्य गरी कुनैपनि नेपालीलाई नागरिकताबाट वञ्चित नगरी केन्द्रबाटै नागरिकता प्रमाणपत्र दिनुपर्नेमा सहमति जुटेको बैठकपछि कार्यदलका सदस्य रमेश लेखकले बताए  ।

    राज्यको शासकीय स्वरुपलगायतका महत्वपूर्ण विषयमा रहेका विवादलाई अन्त्य गर्न बाँकी रहेकाले कार्यदलको म्याद थप्नका लागि २७ दलको बैठकमा प्रस्ताव लगिने काँगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए  ।

–ः ९ ः–

    एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित कार्यदलको म्याद आज सकिने भएकाले आज दिउँसो बस्ने २७ दलको बैठकमा कार्यदलको म्याद थपसम्बन्धी प्रस्ताव लगिने बताइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %