राज्यसत्ता संबादाता, काठमाण्डौ, २ पौष, आदिबासी जनजातिको नेतृत्व भएका पार्टीहरु बीच पहिलो चरणको बैठक सम्पन्न भएको छ । बर्तमान राजनीतिक अबस्थाको बिश्लेषण तथा समिक्षा हुनुका साथै आदिबासी जनजातिको नेतृत्व भएका पार्टीहरु बीच एकीकरण,मोर्चाबन्दी वा कार्यगत एकताको आधारमा नयां राष्ट्रिय बैकल्पिक शक्ति निमार्णाको संभावनाबारे छलफल भएको थियो । कार्यक्रम् आयोजक नेपाल आदिबासी जनजाति महासंध रहेको थियो भने महासंधले आफ्नै कार्यलयमा आयोजना गरेको थियो ।
उपस्थित अधिकांस प्रतिनिधि बाट जनजातिको एउटै पार्टी हुनु पर्ने र राष्ट्रिय जनमुक्ति पार्टीले अधि सारेको बिचारधारानै उत्तम बाटो रहेको बिचार ब्याकत गरेका थिए । तर जनमुक्तिमा बिचार राम्रो भएता पनि नेतृत्वगर्ने ब्याक्तिको आलोचना गरेका थिए । अध्यक्ष एम एस थापाले हालै पाल्पाको श्रीनगर एफ एममा दिएको एक अन्तरबार्तामा आफ्नो बिकल्पमा दोष्रो पुस्ता नभएको जिकिर गरेका थिए ।
नेपाली कांग्रेसका प्रतिनिधि प्रशान्त राईले कांगे्रसमा रहेका जनजातिका नेता,कार्यकर्ताले जनजाति भन्न चाहदैनन् । जनजाति हरु संगै बसेर जनजातिकै बारेमा कुरा गर्दै गर्दा बाहुन देख्नासाथ थररर काप्ने र उ बाहुन आयो भन्दै सबैले मुख बन्द गर्नु पर्छ । बाहुनको बिरोध गर्न कसैले हिम्मत गर्दैनन् भन्दै सबै जनजातिको एउटै पार्टी भए हामीहरु सबैले कांगे्रसमा बिद्रोह गरी जनजातिको पार्टीमा आउने थियौ तर दुर्भाग्य एमालेका असोक राई र कांग्रेसका कुमार राईको अहम्ले गर्दा पार्टी छाड्न नसकेको उनिको कथन थियो ।
गोरे बहादुर खपांगीले आफ्नो नेपाली जनता पार्टी गर्बमै रहेको जानकारी दिदै जनजातिहरुको बुद्धि नआउदा सम्म एकता संभव हुदैन । जनजातिहरु एक हुनको लागी पहिला कमन फयाक्टर पत्ता लगाउनु पर्ने र धेरै बहश र छलफल गरे निचोर्डमा पुग्न सकिने बिचार राखेका थिए । भगवान् गौतम बुद्धको समय देखि बहस, छलफल सुरु भएको थियो । भगवान गौतम बुद्धले शस्त्र माथी हैन शास्त्र माथी बिश्वास गर, गोलीलाइ हैन बोली माथी बिश्वास गर भनेर बहश सुरु गराएका थिए र उनि सफल भएको उदारर्ण पनि खपांगीले पेस गरेका थिए ।
महासंधका अध्यक्ष राजकुमार लेखी थारुको अध्यक्षतामा महासंधकै महासचिब आंगकाजि र्शेपाले कार्यक्रम् संचालन गरेका थिए । यो कार्यक्रम् पहिलो पटक भएको र जनजातिहरु एकता नहुदा सम्म यसलाई निरन्तरता दि रहने अध्यक्ष थारुले बताए ।
आदिवासी जनजाति नेतृत्व भएको पार्टीहरु :
राष्ट्रिय जनमुत्ती पार्टी, एम एस थापा मगर
जनमुत्ती पार्टी नेपाल, अटलमान राई
नेपाल जनता पार्टी, गोरे बहादुर खपाङ्गी
नेकपा एकीकृत, परी थापा, डा. ओम गुरुङ्ग, के बी गुरुङ्ग
तामसालिङ्ग राष्ट्रिय दल, परशुराम तामाङ्ग
नेपाः राष्ट्रिय पार्टी, डा. विजय सैजु
मङ्गोल नेशनल अर्गनाइजेशन, गोपाल गुरुङ्ग
राष्ट्रिय समाजवादी संघीय दल, डि के बुद्धिष्ट
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कुमार लिङदेन
थरुहट तराई पार्टी, भानुराम चौधरी
संघीय समाजवादी पार्टी नेपाल, अशोक राई, राजेन्द्र श्रेष्ठ
सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पाटी, कुमार राई तथा चैतन्य सुब्बा
एकीकृत संघीय जनवादी पार्टी, मिसन राई
नेपाल नागरिक पार्टी, राजकुमार लेखी
नेपाल लोकतान्त्रिक पार्टी, विजयसिंह दनुवार
संघीय समाजवादी आन्दोलन, सजुहाङ पालङुवा, बुद्ध छिरिङ मोत्तान
एकीकृत नेकपा माओवादीका जातिय संघीय महासंघ
नेकपा माओवादी सुरेश आले मगर
नेकपा एमालेको नेपाल आदिवासी जनजाति लोकतान्त्रिक महासंघ, पृथ्वी सुब्बा गुरुङ्ग
नेपाली कांग्रेसको आदिवासी जनजाती संघ, इन्द्र बहादुर गुरुङ्ग
राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति महासंघ
थारुहट लोकतान्त्रिक तराई पार्टी
तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी, सिंङमान तामाङ ‘ख्युङ्बा’
आदिबासी जनजातिको नेतृत्व भएका पार्टीहरु बीच बैठक
Read Time:5 Minute, 47 Second