राजनीतिक सहमति कायम गरी वजेट ल्याइने : सञ्चारमन्त्री पोखरेल

    काठमाडौँ, १८ कात्तिक 

सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले सरकार राजनीतिक सहमतिका लागि पर्खिबसेकाले बजेट आउन ढिला भएको वताएका छन् ।  
 
    राज्य खर्चविहीन भएर चल्न सक्दैन भन्दै उहाँले सरकार कुनै पनि हालतमा बजेट ल्याउन कटिबद्ध रहेको बताए  ।

    इन्जिनियरिङ स्टडी ग्रुपले आज आयोजना गरेको चियापान समारोहमा सरकारका प्रवक्तासमेत रहेको मन्त्री पोखरेलले नेपालमा मेलमिलापको राजनीति आवश्यक रहेकोमा जोड दिए ।

    शुभ दीपावली र छठ पर्वको सन्र्दभ पारेर ग्रुपले चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

     समारोहमा ग्रुपले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो ।

 

रासस 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %