माझी र बोटे फरक जाति हुन् : धनबहादुर माझी, नेपाल माझी उत्थान संघका पूर्व उपाध्यक्ष

Read Time:3 Minute, 38 Second

माझी र बाटे जातिलाई एउटै जातिको रुपमा हेरिएको भए पनि यी जाति बीच धेरै भिन्नता पाइन्छ । माझी र बोटे फरक– फरक जाति हुन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐनले पनि यी जाति फरक फरक हुन् भन्ने कुरा देखाएको छ । राष्ट्रिय जनगणनामा पनि सरकारले माझी र बाटेलाई  फरक फरक जाति स्वीकार गरेर तथ्याङक लिने गरेको छ ।
माझी र बाटेको बसोबास क्षेत्र भने एउटै हो ।  माझी जस्तो क्षेत्रमा बसोबास गरेको छ बोटे पनि त्यस्तै ठाउँमा बसोवास गरेका छन् । माझीहरु बस्ने घर र बोटेको घर पनि उस्तै शैलीको देखिन्छ । माझी र बोटेको पेशामा एउटा मात्रै समानता छ त्यो डुङगा चलाउने । बोटेहरु सुन खोज्ने काम पनि गर्दछन् माझीले भने त्यो काम गदैनौ । हामीले मोर्चा बनाउने काम पनि गर्दछौ । माझी समुदायका महिलाहरुको काम नै मोर्चा बनाउने हो । जनसंख्याको हिसाबमा माझीको बाहुल्यता बढी छ भने बाटेहरु निकै कम छन् । माझी र बोटेको बारेमा हाल अध्ययन भएको छैन । अध्ययन हुन जरुरी छ । पूर्व तिर बस्ने सबैले माझीको नामबाट आफूलाई चिनाउँछन् भने पश्चिमकाले बोटेको नामबाट । पूर्वका माझी जाति भित्रै बोटे भन्ने थर रहेको पाइन्छ । त्यसकारण पनि धेरैलाई माझी र बोटे एकै हुन कि भन्ने भ्रम पर्न गएको मात्रै हो ।
बाटे र माझी बीच भाषा पनि समान छैन । संस्कार र संस्कृति पनि फरक छ । धनकुटा पाचथर लगायतका जिल्लामा माझी र बोटेहरुको उतिकै संख्यामा बसोबास छ । माझी र बोटेको त्यहाँ मागेरै विहे गर्दछन् । तर यता गदैनन् । बोटे भाषा हराउन थालेको छ । तर माझी भाषा अझै पनि जिवित नै छ ।  जनसंख्यामा र शिक्षाको हिसाबमा माझी अगाडि छन् । माझीको हालसम्म पाँच जनाले स्नातकोउत्तर गरिसकेका छन् भने बोटेमा जम्मा एकले स्नातकोउत्तर  जना छन् ।
माझी र बोटेमा सास्कृतिक रुपमा अन्तर सम्बन्ध कायम छ । दुई जातिमा अरु सबै कुरा चले पनि मृत्युको संस्कारका केही कुरा मिल्दैन । कुल र पृत्रिमा यी  जाति आफूलाई अलग भएको ठान्छन् । त्यसकारण पनि कतिपय संस्कृति अनि संस्कार फरक – फरक देख्न सकिन्छ । माझी र बोटेमा को उच्च को नीच ? भन्ने भावना छैन । जातिगत हिसाबमा दुई समान छन् । बोटे र माझी छुवाछुतमा विश्वास गर्ने जाति नै होइन । माझी र बाटे जातिका संगठन पनि फरक फरक छन् । अल्पसंख्यक जाति भएकाले अब एउटै जातिमा मर्च हुदा राम्रो हुन्छ  भन्ने कुरा पनि अगाडि सारिएको छ ।

(कुराकानीमा आधारित )
राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %