रानीपोखरी कर्नर टिम आरसीटी र मध्यपुर युथ एसोसियसन बराबरीमा

Read Time:1 Minute, 9 Second

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र मध्यपुर युथ एसोसियसनले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा आरसीटी र मध्यपुरले १–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आजको नतिजासँगै १४ अंक बनाएको आरसीटी अंकतालिकाको दोस्रो स्थानमा यथावत छ भने ७ अंक जोडेको मध्यपुर १० औं स्थानमा छ ।
यसअघि आजै भएको पहिलो खेलमा संकटा र न्युरोड टिमले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । ६ खेलबाट ९ अंक बनाएको संकटा पाँचौं स्थानमा छ भने समान खेलबाट ८ अंक जोडेको एनआरटी आठौं स्थानमा छ । जारी प्रतियोगितामा छैठौं चरणका खेल भइरहँदा मच्छिन्द्र १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %