जनजाति महासंघ, साउदीका वरिष्ट उपाध्यक्षलाई बिधाइ

Read Time:2 Minute, 25 Second

नेआजमार,रियाद, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका वरिष्ट उपाध्यक्ष किरण बिक्रम यावा लिम्बू तथा वहाँका धर्म पत्नी बिमला यावा लिम्बू (केन्द्रिय सदस्य) लाई आज रियादमा एक फेरवेल कार्यक्रमको आयोजना गरि महासंघ साउदी अरेबियाले बिधाइ गरेको छ । वहाँ बिगत २०१० देखि महासंघ, साउदीको सल्लाहकार समितिको सदस्य र महासंघको गत पहिलो साधारण सभा बाट निर्बिरोध वरिष्ट उपाध्यक्षमा नियुक्त हुनु भएको थियो, भने वहाँको धर्म पत्नी श्रीमती यावा लिम्बू २०१० देखि नै केन्द्रिय महिला सदस्यमा रहेर महासंघलाई योग्दान पुर्याउदै आउनु भएको थियो ।

यावा लिम्बू बिगत १७ बर्ष देखि अल-राजी कम्पनीमा सिस्टम ईन्जिनियर पदमा कार्यरत हुनुहुन्थ्यो । वहाँको नेपालमा स्थायी घर भुर्पा-५, पाचथर हो र वहाँको अन्य परिवार बिगत केही बर्ष देखि काठमाडौंमा अस्थायी रुपमा बस्दै आउनु भएको छ । वहाँ बिगत १० बर्ष देखि श्रीमती लगायत तीन बच्चाहरू सहित फ्याम्ली सुबिधा प्राप्त गरि रियादमा बस्दै आउनु भएको थियो । साउदी अरेबिया सधैंको लागि छाडेर स्वदेश फर्कने भए पनि वहाँलाई महासंघको केन्द्रिय समिति काठमाडौं र साउदी अरेबियाको अन्तरराष्ट्रिय परिषदको बिचमा एक समन्वयकारी भूमिका निभाइ साउदी र नेपाल बीचमा महासंघको दुरी अरु नजिक बनाउन समन्वयकारीको जिम्मा महासंघ, साउदीले दिएको छ । महासंघ, साउदी अरेबियाले वहाँको उत्तोउत्तर प्रगतिको पनि कामना गरेको छ । आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले आगामी पूर्ण बैठक बसि रिक्त रहेको उपाध्यक्ष (रियाद क्षेत्र) पदको लागि नियुक्त गर्ने छ ।     

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %