देब पचभैया
पाल्पा, मंशिर २८, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम.एस थापाले काँग्रेस एमालेले गर्दा संबिधान बन्न नसकेको आरोप लगाउनु भएको छ । उनीहरुले संघियता नचाहेको भन्दै पहिले देखि लिदै आएको अधिकार कटौती हुने डरले काँग्रेस एमाले संघियतामा जान आनाकानी गरेको उहाँको भनाई छ ।
राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको बिहिबार तानसेनमा भएको घोषणा सभाको उद्घाटन गर्दै उहाँले संघिय संरचनामा जाँदा जातीय पहिचानमा हुनुपर्नेमा जोड पनि दिनुभयो । हामीले जातीको राज्य मागेका हैनौ उहाँले भन्नुभयो आदिवासीहरुको पहिचान मागेका हौ ।
अहिले दलहरुबीच जातिय पहिचानकै बिषयमा कुरा नमिलेको भन्दै आदिवासी जनजातीको ऐतिहाँसीक पहिचानको सम्मान गर्न नसक्ने पार्टीहरु समाप्त हुने चेतावनी दिनुभएको छ ।
सकियो घोषणा सभा
राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको प्रथम अधिवेशन घोषणा पत्र जारी गर्दै बिहिबार पाल्पाको तानसेनमा सकिएको छ । मगरात राज्य हुनुपर्ने अडानका साथ राज्य भित्र हुने व्यवस्थाका वारेमा अवधारणपत्र समेत तय गरेको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, सल्यान, म्याग्दी, वाग्लुङ्ग गरी सबै जिल्लाहरु स्याङ्गजा, तनहु, गोर्खा, पर्वत, नवलपरासी, दाङ्ग, सुर्खेत दैलेख र डोल्पा जिल्लाका मगर वाहुल्यता भएको क्षेत्रहरु समवेश गरि मगरात राज्य निर्माण गरिने अवधारणा पत्रमा उल्लेख छ ।
अधिवेशनले पारीत गरेको अवधारणा पत्र सार्वजनिक गर्दै दलवहादुर वीरकट्टाले सबै समुदायको अस्तीत्व यथावत रहने बताउनुभयो । वाहुल्यताको आधारमा अधिकार वाँडिने भन्दै उहाँले अल्पसंख्यक समुदायलाई पनि समावेशी रुपमा अधिकार दिईने
बताउनुभयो । राज्य धर्म निरपेक्ष हुने भन्दै स्थानीय, पुनरावेदन र उच्च अदालत गरि तीन तहको राज्य व्यवस्था सञ्चालन हुने, एक सदनात्क विद्यायिका रहने अवधारणा पत्रमा समेटिएको छ । साथै सबै भाषा मातृभाषको रुपमा समान रहने
छन् । हरेक भाषलाई अदालतमा कामकाजी भाषा बनाईने छ ।
यस्तै मगरात प्रदेशमा संकलित राजश्वको २० प्रतिशत केन्द्र सरकार र ८० प्रतिशत राज्य सरकारमा रहने गरी राजस्व वाँडपाँड गरिने छ । मगरात राज्यको राजधानी पाल्पा र वैकल्पीक राजधानीको रुपमा वाग्लङ्ग राख्नसकिने अवधारणा पत्रमा उल्लेख
गरिएको छ । मगरात राज्य घोषणा गरि कार्यान्वयनमा ल्याउनको लागि दवाव मुलक कार्यक्रमलाई निरन्तर अगाडी बढाउने उद्देश्यले राज्य परिषद निर्माण गरेको छ । तनहुका इन्द्रवहादुर मास्कीको अध्यक्षतामा १७ सदस्यी परिषद निर्वाचन मन्डलका अध्यक्ष एवं राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष केयरसिं रानाले घोषण गर्नुभएको थियो ।
उपाध्यक्षमा नरवहादुर ठाडा नवलपरासी, चन्द्रकला राना पाल्पा, हुमवहादुर राना,संगठन सचिवमा शिवराज पुलामी दैलेख, सह–सचिवमा खगवहादुर थापा, अर्घाखाँची, र कोषाध्यक्षमा टकवहादुर मश्राङ्गी नवलपरासी रहनुभएको छ । घोषणा सभामा प्रमुख अतिथि पार्टीको केन्द्रीय अध्यक्ष एम.एस. थापा, केन्द्रीय सदस्य टिका शर्मा, सिद्धी तुम्वाहाम्फे, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष सुन्दर श्रेष्ठ, लगायतले बोल्नुभएको थियो । इन्द्रवहादुर मास्कीको सभापतित्वमा भएको सभामा स्वागत दिलराज थापा र सञ्चालन कमल थापाले गर्नुभएको थियो ।
राज्यसत्ता संग बिषेश कुराकानी
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम.एस थापाले पार्टी भित्र रहेका दोश्र्रो तहका नेताहरु सक्षम र अध्ययन शिल भए पनि अनुभब र बिगतमा गरेको योगदानको हिसाबले आफुले नै पार्टीको अगुवाई गरीरहेको बताउनुभएको छ ।
राज्यसतता डट, कम संग झण्डै एक घण्टा लामो रेर्कडेट अन्र्तबार्तामा आफुले २५ बर्ष सम्म पार्टीको अगुवाई गरेर पार्टीलाई यहा सम्म ल्याउन सफल भएको बताउनु भएको छ ।
अहिले संघियता पक्षधर र संघियता बिरोधीहरुको दुई वटा धार भएको बताउदै उहाले ऐनकपा माओबादी जातिय पहिचान सहितको संघियमा अडिक रहेकाले आफ्नो पार्टीले पनि गणतान्त्रिक मोर्चालाई समर्थन गरेको बताउनुभएको छ ।
जनमुक्तिले २२ बर्ष अघि देखि उठाएको संघियता र समानुपातिक प्रतिनिधित्वको सवालमा अहिले अरु पार्टीले पनि समर्थन गरेको भन्दै अध्यक्ष थापाले जनमुक्तिको बिचार अरु पार्टीको भन्दा ३ गुना राम्रो भएको जिकिर गर्नुभएको छ ।
नेकपा माओबादी पनि जनमोर्चा, काग्रेस, एमाले जस्ता सघियता बिरोधी संघ एकता गर्न गएकाले ड्यास माओबादी संघियता बिरोधीको सुचिमा रहेको उहाको आरोप छ ।
पार्टीले उठाएको मुद्धा राम्रो भएकैले अहिले सबै जातिका मान्छेहरु पनि जनमुक्तिमा प्रबेश गर्नेहरुको लर्को लागेको उहाले जानकारी दिनु भएको छ ।