जनमुक्ति पाटीका अध्यक्षलाई प्रधानमन्त्रीमा प्रस्ताब, पार्टीको मगरात राज्य परिषदको प्रथम एतिहासिक अधिवेशन आज देखी पाल्पामा सुरु

Read Time:2 Minute, 35 Second

देब पचभैया
पाल्पा, मंशिर २७, राष्ट्रिय जनमुक्ति पार्टीले ठुला दल बाट  सहमतिको सरकार बन्ने संभावना नदेखिएकोले साना दलको तर्फ बाट आफनो पार्टीका अध्यक्ष एम. एस. थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको छ । राष्ट्रपतिले ३ पटक सम्म म्याद थप्दा समेत ठुला दलहरुले सहमतिको प्रधानमन्त्री चयन गर्न असफल भएकोले साना पार्टीको रुपमा पार्टी अध्यक्ष थापा लाई प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव गरेको मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा स्थायी समिती सदस्य रत्न थापाले बताउनुभएको हो । देश ट्रयाक बाहिर गएकोले देशलाई पुन लिकमा ल्याउनको लागी ठुला दलले  संविधान निर्माणमा लाग्नु पर्ने र साना दललाई सरकार चलाउन दिनुपर्ने स्थायी समिती सदस्य थापाले बताउनुभयो । अहिले देशमा राजनितिक दल संघियता र संघियता विरोधी गरी दुई धुव्रमा विभाजित भएकोले आफुले संघियताको पक्षमा वकालत गर्दै एकिकृत माओवादीको पक्षलाई समर्थन गर्दै आएको उहाले बताउनुभयो ।

यसै बिच राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको प्रथम एतिहासिक अधिवेशन बुधबार देखि पाल्पाको सदरमुकाम तानसेनमा सुरु भएको छ । अधिवेशनको लागी पार्टीले तय गरेका मगरात प्रदेशका १४ जिल्लाका १ सय २५ जना प्रतिनिधीहरुको सहभागिता छ ।
बुधबार र बिहिबार गरी  दुई दिन सम्म चल्ने अधिवेशनमा बुधबार औपचारीक  उद्घाटन पछि वन्दशत्र शुरु गर्ने , मंसिर २८ गते वन्द शत्रले पारित गरेका विभिन्न एजेण्डाहरु, तथा नया कार्यसमितीको सार्वजनिक गर्ने कार्यक्रम  रहेको पार्टीका उपाध्यक्ष शिव लाल थापाले बताउनुभयो । घोषणासभामा पार्टी अध्यक्ष तथा पुर्ब मन्त्री  माथवर सिंह थापा (एम,एस थापा) को सहभागिता रहने छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %