राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ भने मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लवले बरावरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लवले बरावरी खेलेका हुन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको निकै प्रतिप्रधात्मक खेलमा निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि दुबै टोलीले अंक बाडेका हुन् । बराबरीसंगै ८ अंकका साथ मनाङ अंक तालिकाको दाश्रो स्थानमा उक्लीएको छ भने फ्रेण्ड्स २ अंकका साथ पुच्छारबाट तेस्रो स्थानमा छ ।
त्यस्तै दशरथ रंगशालामा भएको आजको दोश्रो खेलमा जाउलाखेल युथ क्लवलाई तीन एकको गोल अन्तरले पराजित गर्दे आर्मी बिजयी भएको हो । आमीलाई जित दिलाउने क्रममा भरत खवासले दुई तथा दिप लामाले एक गोल गरेका थिए । जाउलाखेलका तर्फबाट एक मात्र गोल सुसिल शाहले गरेका थियो । जितसंगै आर्मी तालीकाको पाचौ स्थानमा उक्लीएको छ भने जाउलाखेल आठौ स्थानमा झरेको छ ।
D. Pachabhaiya
