हंगकंगमा नेपाली भिक्षुद्धारा पहिलो पटक धर्म देशना : सम्पूर्ण प्राणीको हित हुने काम गर

Read Time:3 Minute, 45 Second

हंगकंग, मगर बौद्ध समाज हंगकंगको आयोजनामा भिक्षु मगरको प्रमुख आतिथ्यमा शान्तिको लागि बौद्ध शिक्षा कार्यक्रम सम्पन्न भएको छ । याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा भिक्षु मगरले पूजा गरी, धर्म देशना सुनाउनु भएको थियो ।

बौद्ध, हिन्दु, मुस्लिम क्रिस्चियन यो धर्म होइन यो त सम्प्रदाय मात्र हो । धर्म त जसले प्राणी जगतको लागि राम्रो काम गर्छ त्यहाँ हुन्छ । सवै प्राणी जगतको हितको लागि पञ्चशिल ब्यवहारमा लागू गर्नुपर्छ । पञ्चशिल निम्न रहेको छ ।
१. प्राणी हिंसा नगर्ने ।
२. चोरी नगर्ने ।
३. बेविचार नगर्ने ।
४. झुटो नबोल्ने ।
५. जाड, रक्सी, गाजा, भाङ, धतुरो र जुवातास नखाने र नखेल्ने ।
राम्रो हुन र राम्रो काम गर्न आफुबाट नै शुरु गर्नु पर्छ अनि मात्र अरुले गर्छन । विहार, मन्दिर धाएर मात्रै धर्म हुदैन । गंगा नुहाउँदैमा ज्यानको बाहिरी मैला त राम्रोसँग फाल्न सकिन्न भने भित्री मैला कसरी जान्छ । त्यसैले भित्र धुनको लागि मन सफा र प्राणी जगतको हित हुने काम गर्नु पर्छ । पञ्चशिल ब्यवाहारमा उतार्ने हो भने भित्र पनि धुन सकिन्छ । यो बुद्धको बाणी गृहस्थी जिवन यापन गरीरहेका सवैले लिनु पर्छ अनी मात्र आफु र जगतको भलो हुन्छ भन्नु भयो । धर्म देशना सुनाउने क्रममा बुद्धको जिबनी, मानब जगत र धर्म, मगरहरुको बुद्ध धर्मसंग सम्वन्ध बारेमा पनि बताउनु भएको थियो ।
विगत चार बर्षदेखि बैंककको चौथो राजाले रानी सोमानासको सम्झनामा बनाउनु भएको “वाट सोमानास राजकिय बुद्ध बिहार” मा अध्ययन र अध्यापन गराउदै आउनु भएका भिक्षु मगर नेपाल मगर बौद्ध समाजका पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । उपाध्यक्ष भएको १५ दिनमा नै गृहस्थी जिबन त्यागेर भिक्षु भएको उहाले बताउनु भयो । नेपालको ६५ जिल्ला पुगेर धर्म देशना गरी सुनाइ सक्नु भएको छ र बाकी जिल्लाहरुमा पनि जाने योजना भएको बताउनु भयो । बर्षमा ६ –७ महिला नेपालमा नै धर्म देशना सुनाउने भिक्षु मगरले सुर्खेत, धरान र बाग्लुङमा विहार बनाउनु भएको छ ।
मगर बौद्ध समाज हंगकंगका अध्यक्ष प्रेम गलामी मगरको अध्यक्षतामा सदस्य विष्णु थापा मगरको सञ्चालन तथा सल्लाकार भिम थापा मगरले स्वागत मन्तब्य दिएका थिए । विशेष अतिथिहरुमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम बि थापा मगर, मगर संघ हंगकंगका अध्यक्ष चन्द्र ज्योति आले मगर रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %