आदिवासी जनजाति महासंघ हंगकंगले महाबाणिज्यदूताबास कार्यालय गइ भर्रखरै सार्वजनिक भएको जनगणना २०६९ मा आदिवासी जनजातिको तथ्यांक सही नभएकोले सच्याउन पर्ने माग राख्दै ज्ञापन पत्र बझाएको छ । उक्त अवासरमा यो तथ्यांक आदिवासी जनजातिलाई मान्य नभएको भन्दै आदिवासी जनजातिका अध्यक्ष एम वि थापा मगरले महाबाणिज्यदूत विनोद कुमार उपाध्यक्ष र अन्य जनसमुदाय विच च्यातेका थिए । महाबाणिज्यदूतले बोल्ने क्रममा म यो ज्ञापन पत्र नेपाल पुर्याउने काम गर्छु भन्दै विश्वास्त पारेका थिए ।
आदिवासी जनजाति संघर्ष सहयोग समतिका संयोजक भक्त दुरा, आदिवासी जनजाति युवा संघका अध्यक्ष विजय सुब्बा लिम्वु लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।
जनगणना २०६८ जलायो
आदिवासी जनजाति महासंघ हंगकंगले नेपाली महासंघको कार्यालय हलमा आदिबासी जनजातिको लागि मिथ्यांक आएको भन्दै जनगणना २०६८ जलाएको छ ।