वन्दीलाई चुलो वाल्न मुश्किल

Read Time:1 Minute, 28 Second

चौतारा, १७ कात्तिक

सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका कारण सिन्धुपाल्चोक जिल्ला कारागारका बन्दीलाई समस्या परेको छ ।
    पेश्की बजेटबाट निकासा भै आएको रकम सकिएपछि दैनिक रुपमा दिइने सिदा रोकिने अवस्थामा आएको हो ।
    बजेट सकिएपछि सापटीको रुपमा जिल्ला प्रशासन कार्यालयबाट काम चलाइ आएकोमा सो कार्यालयले पनि सापटी दिन नसकेपछि हाल व्यापारीको पसलबाट उधारोमा काम चलाइ आएको थियो । उधारो सामानको भूक्तानी दिन बजेट नआएपछि अबका दुईचार दिनपछि उधारो पनि बन्द हुने स्थिति रहेको कारागार शाखाले जनाएको छ ।
    
हाल सो कारागारमा ६६ जना बन्दी रहेका छन् ।
    पंैतिस जना बन्दी मात्र राख्न सकिने जीर्ण भवनमा क्षमताभन्दा बढी बन्दी राखिदै आएकाले रु दुई करोड १६ लाखको लागतमा निर्माण भैरहेका नयाँ भवनको काम ठेकेदारबाट समयमै सम्पन्न नभएपछि जीर्ण भवनमै कोचाकोचको अवस्थामा बन्दी राख्नु परेको जिल्ला कारागार शाखाले जानकारी दिएको छ ।

 

 

रासस
    

                

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %