मिस नेपाल हंगकंग २०१२ मिति २३ डिसेम्वर २०१२ दिन सम्पन्न हुने मिस हंगकंग नेपाल सोसाइटीले नेपाली महासंघको कार्यालय हलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अध्यक्ष शारोन पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिब अन्जु लिम्बुले सञ्चालन गरेकी थिइन । सोसाइटीका प्रवक्ता नेत्र पहराई मगरले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । प्रश्नोत्तर क्रममा केही पत्रकारले पूर्व मिस नेपालहरुको समाजमा किन कम सहभागीता भएको हो भन्ने जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिदै अध्यक्ष पुन मगरले नेपाली समाज विस्तारै विस्तृत हुदै गएको र उनीहरु पनि समाजमा घुलमिल हुन पनि खोजिरहेको छ । तर समाजमा पनि मिस हंगकंग नेपाललाई कुनै त्यस्तो विशेष अवसर समाजमा नदिइएको र उनीहरु ताज पहिरिएर पनि सोही ताजको मुल्य र मान्यता अनुसार काम गर्न अप्ठ्यारो परेको बताउछन । निर्णायक मण्डलमा बौद्धिक तथा ब्यवसायिक र खेलकुद क्षेत्रका विशेष ब्यक्तित्व साथै पूर्व मिस हंगकंग नेपाललाई पनि राखिने अध्यक्ष पुन मगरले जानकारी गराइन ।
मिस हंगकंग नेपाल २३ डिसेम्बर हुने
Read Time:1 Minute, 40 Second