राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा

Read Time:8 Minute, 32 Second

केजिन राई
ब्रसेल्स बेल्जियम , २८  नोभेम्बर, नेपाली सांगीतिक आकाशका उत्कृष्ट धरोहर राजेश पायल राई साथमा नेपाली साकिराको नामले चर्चित गायिका ईन्दिरा जोशीका साथ नमस्ते इन्टरट्रेनमेंट प्रालीको प्रायोजनमा ¨नमस्ते यूरोप सांगीतिक यात्रा २०१२ ¨ को क्रममा यूरोप आई पुगेका छन् ।
बेलायतमा भाई तिहार मनाउदै लन्डनबाट सिधै जुरिच स्विटजरल्याण्ड पुगेका नेपाली संगीत क्षेत्र अन्तर्गत गायन विधामा नम्बर एक गायकको स्थान बनाउन सफल गायक राजेश पायलले पहिलो पटक यूरोपमा आफ्नो सांगीतिक प्रस्तुति पस्कदै छन् ।
उनले जुरिच स्विटजरल्याण्ड २३ नोभेम्बरमा हामबर्ग जर्मनी  ६  डिसेम्बर र बेल्जियमको लुभेनमा ८  डिसेम्बरमा  कार्यक्रम गर्ने तय भई सकेको नमस्ते इन्टरट्रेनमेंट पालिका निर्देशक पाल्देन शेर्पा पिनासाले यस संवाददाता लाई बताए ।
उनका अनुसार जुरिचमा जनसम्पर्कसमिति हामबर्गमा सयुक्त रूपमा र लुभेनमा शेर्पा किदुक समाज बेल्जियमले कार्यक्रम गर्नेछन् भने अन्य ठाउहरुमा मिति तय भई सकेको छैन  त्यसै गरी  बेलायत  आशफोर्डमा  १४ डिसेम्बर,  हयारो  लण्डन १५  तारिख  र  २२   तारिख  मेडिस्टोनमा किरात राई यायोक्खा बेलायतका उपशाखाहरूद्वारा राजेश पायल  एकल साझको तयारी भाईरहेको  बुझिएको छ ।

आधुनिक गायनमा- गजल-लोकभाका-पार्श्व  अधिकाश गायन विधामा उत्कृष्ठ निपुणता बोक्न सक्नु गायक-नायक राईको प्रमुख विशेषता भएको कारण नै दुई दशक यता सदाबहार रहेका छन् ।बुईपा लेक्पा खोटाङमा जन्मिएका उनले आफ्नै टारी खेतमा आसारे झरीमा बाउसे गर्दा देखी गायन प्रारम्भ गरेको र नम्बर एक स्थानमा आई पुग्न कर्कश दर्द र पीडा सहनु परेको तितो यथार्थ नै आफ्नो सफलताको गाथा हो उनि  भन्छन ।

को हुन त राजेश पायल राई ?

 खोटाङ जिल्लाको दुर्गम गाउ बुईपा लेक्पामा  रत्न राई तथा सञ्चलक्ष्मी  राईको कोखबाट वि.स. २०३२ साल असोज महिनाको १४ गते जन्मिएका गायक राजेश पायल राई घरका काईला छोरा हुन।  बेलायतको सैनिक बनाउने बाबुको  सपना भएपनि उनी नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायकको रूपमा पछिल्लो समय परिचित सेलिब्रेटीको रूपमा अग्रस्थानमा छन्।
 उनले भर्सटायल भएका कारण लोक गायन देखि रक सम्मका पुस्तालाई आफ्नो सांगीतिक जादुले मोहित पनि पारिसकेका छन्। २०४५ सालमा रेडियो नेपालमा सम्झनाको कुरा नगर ।।।।। बोलको गीत रेकर्डिङबाट सांगीतिक यात्रा सुरू गरेका राईले २०५२ सालमा डेब्यू गर्दै पहिलो एल्बम मुर्च्छना बजारमा ल्याएका थिए। त्यसपश्चात २०५३ मा उनले ‘पूर्वमा रङ्ग चढेछ,’ ०५४मा जष्टफर यू, ०५५मा लभलेटर, ०५ ६मा बैगुनी रहेछौ मायालु, २०५८मा निगाहु २०६१मा जदौ, ०६३ मा कामना, ०६५मा जदौ–२, त्यसैगरी २०६६ मा दर्शन नमस्ते र २०६८ मा राई ईज किङ्गु, जदौ ३, मुर्च्छना २ मेड ईन नेपाल, आसेवारो  आदी गरी  १६  वटा एल्बम निकालिसेका छन् ।
बैगुनी रहेछौ २०५६ को  मायालु ।बोलको गीतबाट ज्यादा सफलता पाएका राईले राई ईज किङ्ग सम्म आईपुग्दा पछिल्लो पुस्तामा नम्बरवान गायकको समेत ट्यग पाईसकेका छन्। विभिन्न चलचित्रमा समेत स्वर दिएका राजेश पायल चलचित्रका कलाकार पनि हुन। उनले दैवसंजोग, दौतरी, परेंनी माया जालैमा, जीमाला, तथा गुडाराजमा सशक्त अभिनय गरेका छन् । यस्तै करिब चार सय ५१  वटा चलचित्रमा स्वर समेत दिएका राईले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीनवटा गीतमा आफ्नो स्वर दिएका थिए ।
त्यसपछि चलचित्रमा पार्श्व गायनको रूपमा उनी फिट भइरहे। अमेरिका बाहेक विश्वका प्राय सवै चर्चित मुलक भ्रमण गर्नुको साथै कर्न्सट गरेका राईले २०५३ सालमा पहिलो विदेश भ्रमण गरेका थिए। सांगीतिक जिवनको उनको पहिलो आम्दानी त्यही हङकङ कन्सर्टले जुराई दिएको थियो जसबाट उनले ४० हजार नेपाली रूपैयाँलाई पहिलो कमाईको रूपमा अनुभव गरेका थिए। जुन कमाईबाट उनले आफ्नी आमालाई उपहार स्वरूप केही तोला सुन किनि दिएका थिए। यो क्षेत्रमा कोही गडफादर नभएको बताउने राजेशले २०६० साल असार १२ गते विराटनगरको रिभ्स डिजीटल रेर्कडिङ्ग स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गराएका थिए। सम्भव त, विश्वमै यसरी पाच घटामा ९ गीत रेकर्ड गर्ने उनीनै पहिला गायक हुनु पर्छ ।
विदेशी गीतहरू समेत सुन्न रूचाउने गायक राई बेलायती रक गायक ब्रायन एडम्स, भारतका सोनु निगम तथा सुनिधी चौहानका फ्यान हुने भने स्वदेशमा उदित नायारण झा, दीपा झा, तथा अञ्जु पन्त उनलाई मनपर्ने गायक गायिका हुन । अञ्जु संग पार्श्व गायनमा खुब जमेका गायक राईले २०६६ सालमा रिलिज भएको चलचित्र सिलसिलाबाट विभिन्न अवार्ड समेत जितेका थिए । यस्तै उनी २०६७ मा छिन्नलता पुरस्कार तथा अन्य अनगिन्ती पुरस्कारबाट  सम्मानित एवं पुरस्कृत भैसकेका छन्।
अविवाहित  गायक राई  जो आफूलाई सुहाउने स्त्रीको खोजीमा छन् तर भाग्यको खेल हो अब दैबले नजुराए पछी कस्को के नै लाग्छ र रु  अहिले सम्म उनले आफूलाई फिट हुने युवती नपाएको बताउँछन्। २० बर्षे सांगीतिक यात्रामा थुप्रै उपलब्धी हासिल गरेका राईले २०५७ सालमा नया बानेश्वरको विआईसिसी हल (हालको संविधानसभा भवन) मा सफलतापूर्वक गरेको एकल साझलाई जिवनको पहिलो उपलब्धीको रूपमा लिने गरेका छन् । ११ आ एल्बम ‘दर्शन नमस्ते’ बाट आफ्नो उचाईलाई अझ बढाएका राई यहि एल्बमको शिर्ष गीत दर्शन नमस्तेबाट चलचित्रको मुख्य नायकको रूपमा समेत पदार्पण हँदैछन्। जसको तयारी निर्देशक दीपक श्रेष्ठले गरिरहेका छन्। नायक भएर छुट्टै पहिचान समेत बनाउने तयारी गरिरहेका गायक राई हाल तीन विद्या लोक, आधुनिक र राष्ट्रिय भावना समेटिएका गीतलाई समावेश गरी एकै दिनमा ४ वटा आफ्नो गिती एल्बम बिमोचन गराएर उन्ले नयाँ किर्तिमान कायम गरेका छन भने , चलचित्रको गीत बहेक लगभग  १३ सय आधिनिक लोक ,गजल रेकर्ड  गरेका छन ।  भने सबै खले गीत को सङ्ख्या ३ हजारको हाराहरीमा रहेको छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %