स्वीन्डनमा च्यारटी कार्यक्रम बृद्व बृद्वाहरुलाई सहयोग

Read Time:4 Minute, 59 Second

अनिता रानामगर

स्वीन्डन, यही २३ नोभेम्बर् २०१२ मा स्वीन्डनमा युथ कल्चरल एस्चेन्ज तथा च्यारटी कल्चरल प्रोग्राम २०१२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाली र वेलायती संस्कृतिहरुलाई एक आपसमा आदन प्रदान गर्न र सो कार्यक्रम बाट उठेको रकम बाट बिभिन्न सामाजिक सेवामा समर्पित संस्थाहरुलाई प्रदान गर्ने उद्देश्यले नेपाली समाज स्वीन्डनले सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा QOGLR ले गोर्खा वेल्फेयर ट्रष्टको च्यारटि सोको लागि नेपालबाट झिकाइएका कलाकारहरु, स्वीन्डनका नेपाली युवाहरु र वेलायती स्थानिय कलाकारहरुको सहभागीता रहेको थियो ।

नेपाली समाजका सचिव भोला बिक्रम राईले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराउदै सन्चालन गरेको कार्यक्रममा नेपाल बाट आएका कलाकारहरु पसिद्ध डान्सर द्वय शंकर बि सि, गीता राई, गायिका दुर्गा परियार, गायक प्रनेश लिम्बु, लोक गायक सञ्जय गुरुङ , लोकप्रिय लोक दोहोरी गायिका मुना थापामगर लाई नेपाली समाजका अध्यक्ष धन बुढाथोकीले खादा ओढाएर सम्मान गरेका थिए । सो कार्यक्रममा समाजका अध्यक्ष धन बुढाथोकीले कार्यक्रम गर्नु उद्देश्य र महोत्वको बारेमा प्रकाश पार्नु भएको थियो।

स्वीन्डनका नेपाली युवाहरु बिभिन्न नेपाली गीतहरु गाएर सुरुवात गरिएको कार्यक्रममा स्वीन्डनका स्थानिय प्रसिध्द लोक गायक फिल बेकरले बिभिन्न अंग्रेजी लोक गीत गाएका थिए । त्यस पछी नेपाली राष्ट्रिय झन्डा ओढेर मन्चमा आएका गायक प्रनेश लिम्बुको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘यो मन त मेरो नेपाली हो’ ले सबै दर्शक श्रोताको वावाही पाउन सफल भएको थियो भने लोकप्रिय कलाकार द्वय शंकर बि सि र गीता राई ले बिभिन्न लोकप्रिय गीतमा गरिएको न्रित्यमा सबै रम्न सफल भएको थियो । खोजी प्रतिभा को विजेता दुर्गा पारीयारले अहिलेको लोकप्रिय गीत फिल्म मायाज बारको – सरसर माया वरवर ले सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन भने प्रनेश लिम्बुको साथमा पनि तेतिकै जमेकी थिईन । लोक दोहोरी गायक तथा गायिका सञ्जय गुरुङ र मुना थापामगरले आ-आफ्ना लोकप्रिय गीतहरु गाएर पाको उमेरका दर्शक श्रोताहरुलाई नचाउन सफल भएका थिए भने रात छिप्पिदै जादा प्रनेश लिम्बुले गाएका फास्ट ट्र्याकका गीतहरु कलकत्ते काईयो, मोहनी लाग्ला है जस्ता गीतहरुले युवायुवतीलाई उफार्न सफल भएका थिए । स्वीन्डनका लोकप्रिय नेपाली निर्त्यंगन सबिता रानामगरले बिना अभ्यास नै नेपाल का प्रख्यात कलाकार शंकर बि सि सँग गरेको निर्त्याले सबैको मन जित्न सफल रहेको थियो भने ललिता थापा लगाएत थुप्रै इस्तानिया कलाकारहरुले पनि आ-आफनै तरिकाले नाच देखाउनु भएको थियो । सो सांस्कृतिक कार्यक्रमको सन्चालन राजन कुमार छेत्री, मिलन गुरुङ र सुश्री मन्जु बुढाथो मगरकी रहेका थिए भने कार्यक्रम सन्चालक मिलन गुरुङको मुक्तक र ठट्ठाले कार्यक्रममा थप मनोरन्जन बनाएको थियो ।

सो कार्यक्रममा नेपालमा रहेको ब्रिद्ध ब्रिद्धाका लागि नेपाली समाज स्वीन्डनको तर्फ बाट दिईने सकममा थप हुने गरी स्वीन्डनका दिपा छेत्रीले २०० पाउण्ड दिनु भएको थियो । सो रकम जेष्ठ नागरिक उप(समितिको अध्यक्ष बिष्णु प्रशाद गुरुङले समाजका अध्यक्ष धन बुढाथोकी मगरलाई हस्तान्तरण गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %