हङकङेली नेपालीहरूको साझा साहित्यिक श्रृङ्खला सातौं, स्थानीय जोर्डनको सुम्निमा क्लवमा सम्पन्न भएको छ ।सदाझै़ प्रत्येक महिनाको अन्तिम आईतवार भएको साझा साहित्यिक श्रृङ्खलाका सँयोजक कवि चन्द्र मादेन ‘आन्छन’को संचालनमा सौहाद्वपूर्ण वातावरणमा सुसम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्णीमा शाह, दीपा एवाई, विष्णु ईङ्नाम, टोप ब राई, त्रीभुवन लुङ्फुङ्वा, डि बी पालुङ्वा,पि एम थेवे र चन्द्र मादेन ‘आन्छन’ले देश प्रेम, जीवन जगत र प्रवासी डायसपोरी कविताहरू वाचन गरेका थिए । अशोक राई, भुपेन्द्र चेम्जोङ्, किन्दर राई, राज कु राई, आशिष साम्पाङ् महेश आदि साहित्यकार र साहित्यनुरागीहरूको उपस्थिति भएको थियो । सो कार्यक्रममा वाचन भएका प्रत्येक कविताहरूको समिक्षात्मक टिप्पोणी गरिएको थियो ।अर्को महिनामा हुने धारावाहिक श्रृङ्खलामा नारी साहित्य उत्थान र हङकङमा भएका श्रृजना सम्बन्धि छलफल गरिने भएको छ ।
C. Maden