ए डिभिजन लिग स् आरसिटी र फ्रेण्डस्, आर्मी र एनआरटी भिड्दै

Read Time:1 Minute, 18 Second

काठमाडौ, मंसिर १२, काठमाडौमा चलिरहेको ए डिभिजन लिग फुटबल प्रतियोगितामा मंगलबार रानीपोखरी कर्नर टिम आरसीटी र फ्रेण्ड्स क्लब तथा न्युरोड टिम एनआरटी र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको आरसीटीले पहिलो खेलमा बौद्धलाई २–शून्यले पराजित गरेको थियो ।
फ्रेण्ड्स भने पहिलो खेलमा नेपाल आर्मीसँग बराबरीमा रोकिएको थियो । यी दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजे हुनेछ ।
मंगलबार नै हुने दोस्रो खेलमा दिउँसो साढे दुईबजे एनआरटी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटीले पहिलो खेलमा बाँसबारीलाई पराजित गरेको थियो भने आर्मी फ्रेन्डससंग बराबरीमा रोकिएको थियो ।
सोमबारको खेलमा थ्रीस्टारले वौद्धलाई ४–० ले पराजित गरेको थियो भने हिमालयन शेर्पा र बाँसबारीले बराबरी खेलेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %