राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा धर्म र भाषा भाषीको संख्या बढेको छ । जनगणना अनुसार नेपालको जनसंख्याको वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको छ । जनसंख्या वृद्धिदर घटेको तथ्याङकले देखाएको छ । जुन यस अगाडि २०५८ को २ दशमलव २५ प्रतिशत थियो । २०५८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४३० थियो । २०६८ को प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । महिलाको ५१ दशमलव ५ प्रतिशत तथा पुरुषको ४८ दशमलव ५ प्रतिशत रहेको छ l महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ तथा पुरुष १ करोड २८ लाख ४९ हजार ४१ पुगेको छ । पुरुष भन्दा महिलाको संख्या ८ लाखले बढेको छ । जनगणना एक दशकमा १५ प्रतिशतले बढेको छ । नेपालबाट कामको लागि विदेसिएका करीब १९ लाख २१ हजार ४९४ जनसंख्या रहेको र यो संख्या कुल जनसंख्यामा नजोडिएको केन्द्रिय तथ्याङक विभागले जनाएको छ । नेपालमा जातजातिको संख्या १२५ पुगेको छ । यस अगाडिको जनगणनामा नेपालमा जम्मा १०० जातजाति थिए । धर्ममा हिन्दुको संख्या सबभन्दा बढी रहेको छ । हिन्दुको संख्या ८१ प्रतिशत पुगेको छ । बुद्ध धर्म मान्नेको संख्या घटेको देखिएको छ । बुद्ध धर्म मान्नेको संख्या १० प्रतिशतबाट घटेर ७ प्रतिशतमा झरेको छ । इस्लाम ४ दशमलव ४ प्रतिशत किराँत ३ प्रतिशत, क्रिश्चियन ० दशमलव ४ बाट बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । नयाँ धर्ममा प्रकृति र बन धर्म पनि देखिएको छ । तथ्याङक अनुसार पाँच बर्ष माथिको कुल जनसंख्यामा करीब ६५ प्रतिशत साक्षर रहेको पाइएको छ । देशमा संघीयता लगायतका विषय पहिचानसंग गाँसिएकोले मानिसहरु सचेत भएर आफ्नो पहिचान निधक्क खुलाएका कारण जातजातिको संख्या बढेको केन्द्रिय तथ्याङक विभागका महानिर्देशक उत्तम नारायण मल्लले बताए । जनगणना २०६८ को तथ्याङक क्षत्रीको प्रतिशत १६ पुगेको छ । मगर ७ दशमलव १ प्रतिशत, थारु ६, तामाङ ५ दशमलव ८ प्रतिशत रहेको देखाएको छ । सबभन्दा थोरै कुसुण्डा २७३ रहेका छन् । देशमा १२३ भाषाभाषी रहेको तथ्याङकमा पाइएको छ ।
राज्यसत्ता नेपाल व्युरो
नेपालमा २५ जातजाति थपियो, जनसंख्या झण्डै २ करोड ६५ लाख, महिलाको संख्या धेरै
Read Time:3 Minute, 6 Second