नेपाल मगर विद्यार्थी संघको देउसी भैलो कार्यक्रम

Read Time:7 Minute, 4 Second

– त्रिलोक सिंह थापामगर
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष सुश्री दीपा आलेज्यूबाट प्रस्तुत उत्साह वर्धक समाचार मिति २०६९ मंसिर २ गतेका दिन राज्यसत्ता वेबसाइटमा पढ्न पाइयो । २०६९ सालको तीन दिने देउसी भैलो कार्यक्रममा जम्मा रु. २ लाख २८ हजार ५६ रुपियाँ विद्यार्थीहरूको शैक्षिक स्तरवृद्धि गर्न संकलित भयो । दुई महिना अघि पनि साँस्कृतिक कार्यक्रमबाट २०६९ असोज १२ गते निकै रकम उठेको थाहा पायौँ । नेपाल मगर विद्यार्थी केन्द्रिय समितिको परिश्रम तथा मगर अभिभावकहरूको सहयोग र सदभाव स्वरुप उक्त दुवै कार्यक्रम सफल तथा प्रभावकारी भएको हो । सो को लागि नेपाल मगर विद्यार्थी केन्द्रिय समितिलाई हार्दिक बधाई छ । उक्त संकलित रकमको सदुपयोगका लागि नेपाल मगर विद्यार्थी केन्द्रिय समितिले आफ्नो सोच एंव बिचार निश्चयनै बनाएको हुनु पर्छ । तै पनि मेरो नितान्त व्यक्तिगत विचारमा सो संकलित रकमलाई प्रभावकारी ढंगबाट सदुपयोग गर्न गराउन अल्पकालिन एंव दीर्घकालिन धारणा एंव सोचाई बनाउनु पनि आवश्यक देखिन्छ ।
 विगत २३५ वर्षको इतिहासमा राज्यको विभेदपूर्ण नीति एंव राज्य व्यवस्थाले गर्दा शिक्षाको क्षेत्रमा मगर जनजातिलाई ज्यादै पछाडी पारियो । साधारण शिक्षा प्राप्त गर्न पनि मगर जनजातीलाई निरुत्साहित गरियो । फलस्वरुप मुलुकको कुल जनसंख्यामा ७.१४ प्रतिशत मगर समुदायको जनसंख्या भएता पनि स्नातक तहमा मगरहरू २ प्रतिशत भन्दा पनि कम रहेका अनुमान गरिएको छ ।
 उच्च शिक्षाको कमी एंव राज्य व्यवस्थाको विभेदपूर्ण नीतिले गर्दा वर्तमान समयमा राज्यको प्रशासनिक, न्याय सेवा, शिक्षा, निजामती तथा सरकारी संस्थानहरूमा मगर जातिको पहुँच कम नै  देखिन्छ । प्राविधिक, शीपमूलक, एंव व्यवस्थापन तथा राज्यको नीति निधारर्ण एंव निर्णायक तहमा पनि मगर जनशक्तिको पहुँच शून्य रहेको छ । अतः मगर समाजले मगर समुदायको शैक्षिक सशक्तिकरणमा यथाशक्य लगानी गर्नुपर्ने हुन्छ भने अर्कोतिर मगर विद्यार्थीहरूले शैक्षिक गतिविधिहरूमा अझ बढी शसक्तरुपमा कटिवद्ध हुनुपर्ने देखिन्छ ।
 उपरोक्त परिपे्रक्ष्यमा अनुभवी व्यवसायी, अवकाश प्राप्त कर्मचारी, समाजसेवा तथा शिक्षा प्रेमी मगर अभिभावकहरू तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको पदाधिकारीहरूको संयुक्त प्रयासमा नेपाल मगर छात्रवृत्तिकोषको स्थापना तथा संचालन हुनुपर्ने उपयुक्त हुनेछ । सो कोषको उद्देश्यहरू व्यापक परिधीभित्र राखिनुपर्ने देखिन्छ । (क) जेहनदार एंव प्रतिभाशाली मगर विद्यार्थीहरूलाई उच्च शिक्षा, अनुसन्धनात्मक एंव शोधमूलक अध्ययन संलग्न गराउन छात्रवृत्ति प्रदान गरि प्रोत्साहित गर्नुपर्ने । (ख) राष्ट्र निर्माणका विभिन्न नीति निर्धारण एंव निणार्यक तह सम्म पुग्नलाई राष्ट्रिय स्तरका परिक्षामा सहभागी हुन मगर जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने । (ग) शीप मुलक, आय आर्जन, व्यवस्थापन एंव नेत्रृत्व विकास प्रशिक्षण कार्यक्रमहरूमा मगर विद्यार्थीहरूको सहभागिता अझ बढी गर्न गराउनु पर्ने । (घ) मुख्यतः कोषको उद्देश्य कुशल, योग्य, एंव क्षमतावान मगर जनशक्ति तयार गर्ने हो । सोका लागि अल्पकालीन, दीर्घकालीन, तथा अपरझट आइपर्ने कार्यक्रमको तर्जुमा गर्दै लैजानुपर्ने हुन्छ ।
 उपर्युक्त छात्रवृत्ति कोषको स्थापना भएपछि सो कोषलाई स्थायी, पारदर्शी, विश्वसनीय, भरपर्दो एंव प्रभावकारी बनाउँदै लैजानु पर्ने आजको मुख्य आवश्यकत्ता हो जस्तो लाग्दछ । रकम संकलन गर्नु, कोष स्थापना गर्नु तथा रकम जम्मा गर्नु गराउनु बास्तवमा अत्यन्त कठिन कार्य हो । तर संकलित रकम वा कोषको व्यवस्थापन, संचालन, सदुपयोग, फलदायी एंव उपयुक्त ठाउँमा लगानी गर्न गराउन अझ बढि चुनौतिपूर्ण कार्य हो । कोषलाई पारदर्शी, उत्पादनमूलक, व्यवस्थित रुपबाट संचालन र व्यवस्थापन गर्नु गराउनु अत्यन्त आवश्यक हुन्छ ।
 अतः उपरोक्त बुदाहरूमा अभिभावक एंव नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति पदाधिकारीहरूका बीच निरन्तर विमर्श एंव संवाद संचालन हुनुपर्ने राम्रो होला जस्तो लाग्छ । अभिभावकहरूको व्यक्तिगत तथा सामुहिक धारणाबाट परिचित भैरहनु पर्ने हुन्छ । सो प्रक्रिया नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका वर्तमान पदाधिकारीहरूबाट कार्यान्वयन भै नै राखेको छ । सो क्रमलाई अझ बढी संस्थागत एंव व्यवस्थित गर्न गराउनु आवश्यक छ जस्तो लाग्दछ । नेपाल मगर विद्यार्थी संघको देउसी भैलो कार्यक्रम प्रशासनीय एंव सकारात्मक पाइला हुन् । यसै सन्दर्भमा यसको उपयोगिता, व्यवस्थापन एंव पारदर्शिताको पक्षमा दुवै पक्षबाट अझ बढ़ी चिन्तन मनन गर्नु पर्ने हो की ? धन्यवाद ।

trioksthapa@gmail.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %