सेना र हतियार व्यवस्थापन नै समस्या : सञ्चार मन्त्री पोखरेल

Read Time:2 Minute, 16 Second

दाङ, १७ कात्तिक 

सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले माओवादीसंँग रहेको सेना र हतियार व्यवस्थापन नहुनु नै अहिलेको ठूलो समस्या रहेको बताएकाछन ।

    तुलसीपुरबाट प्रशारण थालिएको रेडियो हाम्रो पहुँचको आज तुलसीपुरमा उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

    एमाओवादी शान्ति प्रक्रियाप्रति इमान्दार नरहेको आरोप लगाउदै पोखरेलले भने–‘माओवादीले १२ बँुदे सहमति र वृहत शान्ति संझौता कार्यान्वयन गर्ने हो भने अहिले देखिएको राजनीतिक गतिरोध अन्त्य हुन्छ ।’

    मन्त्री पोखरेलले विगतमा लोकतन्त्रका लागि संँगै हिडेका राजनीतिक दलहरु अब पनि यसको संथागत विकासका लागि शान्ति स्थापना, स्रविधान लेखनजस्ता साझा लक्ष्य हासिल गर्न संँगै हिड्न सक्नुपर्ने बताए  ।

    कामचलाउ सरकारले बजेट ल्याउन नपाउने भन्ने टिप्पणिमा प्रतिक्रिया व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सरकारले जसरी भएपनि छिटै बजेट ल्याउनेछ भने  ।

    नेता पोखरेलले माओवादीले सरकारको नेतृत्व गर्न नसक्ने भएकाले माधवकुमार नेपाललाई नै निरन्तरता दिन आग्रह गरे  ।

माधवकुमार नेपालको सरकारले राजीनामा गरे पनि स्पष्ट वहुमत रहेको दाबी गर्दै उहाँले प्रधानमन्त्रीको राजीनामा बहुमतको सरकार गठनका लागि नभई सहमतिको सरकार गठनका लागि भएको दावी गरे ।

श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै सञ्चार मन्त्री पोखरेलले श्रमजिवि पत्रकार ऐन कार्यान्यवनका लागि स्वयम् पत्रकारहरु जै जागरुक हुनुपर्ने बताए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %