लुम्विनी भ्रमण वर्ष सकिदै बुद्धको मावली देवदह सुनसान

Read Time:4 Minute, 58 Second

गोविन्द घर्ति, रुपन्देही

फोटो : भगवान गौतम बुद्धको मावली स्थल देवदहमा रहेको ऐतिहासिक पकरी बृक्ष
 

मंसीर ६, लुम्विनी भ्रमण वर्ष–२०१२ सकिन लाग्दा समेत भगवान गौतम बुद्धको मावलीस्थलको रुपमा परिचित देवदह क्षेत्र भने सुनसान रहेको छ । लुम्विनी भ्रमण वर्ष–२०१२ को अवसरमा बुद्धको मावली स्थल देवदह क्षेत्रमा न त पर्यटक नै आए न त राज्यले यस वारे जनचेतना जगाउने खालको कुनै कार्यक्रम नै ल्याउन सक्यो । राज्यले २०१२ लाई लुम्विनी भ्रमण वर्ष घोषणा गरे पनि देवदह क्षेत्रका स्थानीवासीहरु भने त्यसवारे अनभिज्ञ रहेको छ । देवदह क्षेत्रमा बुद्धकालिनका ऐतिहासिक थुप्रै भग्नावेशहरु रहेता पनि लुम्विनी विकास कोष र राज्यले त्यसलाई वेवास्ता गर्दा लुम्विनी भ्रमण वर्ष सफल हुन नसकेको देवदह क्षेत्र परिचय तथा विकास समितिका सचिव लिलावल्लभ भट्टराईको भनाई रहेको छ । भट्टराई भन्नु हुन्छ “भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनको लागि स्थानीय स्तरबाट लुम्विनी विकास कोष र राज्यलाई जति दवाव दिए पनि पहुँच नपुगेका कारण देवदह क्षेत्रको विकास हुन नसकेको हो l भट्टराई  भन्नु हुन्छ–“राजनैतिक दलहरु दिर्घकालिन सोचका साथ अघि बढ्न नसकेका कारण लुम्विनी भ्रमण वर्ष २०१२ जस्तो महत्वपुर्ण कार्यक्रम सम्पन्न हुन नसकेको हो l” देवदह गाविसका सचिव वव्रुवहान सापकोटा भने देवदह गाविसले लुम्विनी भ्रमण वर्ष २०१२ को लागि कुनै रकम विनियोजन गर्न नसक्दा भ्रमण वर्ष प्रभावित भएको बताउनु हुन्छ l लुम्विनी विकास कोष, राज्य, राजनैतिक दल र स्थानीयवासीहरुले देवदह क्षेत्रको विकासको लागि पहल गरेमा बुद्धको मावली स्थल देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सचिव सापकोटाको भनाई रहेको छ  । देवदह क्षेत्रमा पुरातात्विक महत्वका थुप्रै स्थलहरु छन् l केही ठाउँको उत्खनन कार्यको थालनी भएको छ । त्यसको संरक्षण र प्रर्वद्धनमा लुम्विनी विकास कोष र  राज्यको ध्यान जान सकेको छैन । प्राचिन महत्व बोकेका स्थलहरु प्रवद्र्धन हुन नसक्दा देवदह कै उचाई ओझेलमा परेको छ । यहाँ गरिएका विभिन्न क्षेत्रको उत्खननले देवदहको प्राचिनतालाई प्रष्ट पारेको लुम्विनी विकास कोषका पुरातत्वविद् हिमाल उप्रेतीको भनाई रहेको छ । उप्रेती भन्नु हुन्छ–“प्राचिन स्थलहरुलाई संरक्षण र सम्वद्र्धन  गर्न स्थानीयवासीहरुले मात्र पहल गरेर पुग्दैन त्यसको लागि राज्यले कार्यक्रम ल्याउनु पर्दछ । लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापा भने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसारको कमीका कारण लुम्विनी भ्रमण वर्ष २०१२ सोचे जस्तो हुन नसकेको बताउनु हुन्छ । थापा भन्नु हुन्छ “अन्र्तराष्ट्रिय स्तरमा बुद्धको जन्म स्थल नेपाल नभई भारतमा भएको भन्ने भ्रम रहेका कारण लुम्विनी भ्रमण वर्ष ओझेलमा परेको हो । उहाँले बुद्धको जन्म स्थल भारतमा होइन नेपालमा जन्म भएको हो भन्ने कुरा अन्र्तराष्ट्रिय स्तरमा चिर्दै जानु पर्नेमा जोड दिनु भयो l” भारतले बुद्धजन्म भूमि र मावली स्थल तथा नक्कली कपिलवस्तु भारतमा रहेको भनेर अन्र्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्दा समेत राज्यले वेवास्ता गरेका कारण यो समस्या आएको सचिव थापाको भनाई रहेको छ l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %