जनजातिको पार्टी गठन नहुदै सैद्धान्तिक मतभेद, दुई पार्टी गठन हुने संभावना

Read Time:2 Minute, 13 Second

आदिवासी जनजातिद्धारा गठन गर्न लागिएको पार्टी घोषणा नहुदै विवादको भूमरीमा परेको छ । लोकतान्त्रिक समाजवाद अगाल्ने र माक्सवादी विचार समूह अगाल्ने बीच आगामी दिनमा पार्टीले कुन विचार समूह अगाल्ने विषयमा विवाद बढेको स्रोतले बतायो ।  एमालेबाट बाहिरिएका अशोक राई लगायतका नेताहरु माक्सवादी विचारलाई नै आमसाथ गदै अगाडि बढ्ने योजनामा छन् भने कांग्रेस परित्याग गरेका डा. चैतन्य सुब्वा कुमार राई लगायतले लोकतान्त्रिक समाजवादलाई अगाडि बढाउने पर्ने अडानमा छन् । पार्टी गठनका लागि कार्यदलको संयोजक समेत रहेका चैतन्य सुब्वाले राज्यसत्तासंग पार्टी गठनमा गम्भीर रुपमा सैद्धान्तिक मतभेद रहेको बताए । ‘मतभेदलाई मिलाउने काम जारी छ । तर माक्सवादी विचार समूह बोक्ने साथीहरु एक्लै हिड्ने सुरमा देखिएका छन’ उनले भने । एक दुई दिनमा छलफल गरि सहमति खोज्ने प्रयास गरिने पनि उनले बताए । अशोक राई लगायतका माक्सवादी दर्शन बोक्ने नेताहरु मंसिर ७ मा नयाँ पार्टी घोषणा गर्ने योजनामा छन् । केही समय अगाडि नगरकोटमा वैठक वसेर दुई समूह बीचमा २५ बुदेँ समझदारी गरि आपसी सैद्धान्तिक मतभेद विस्तारै हटाएर लैजाने गरि एउटै पार्टी गठन गर्र्ने सहमति भए पनि माक्सवादी विचार समूह एक्लै हिड्ने सुरमा रहेको सुब्वाले बताए । उनीहरु एक्लै हिडे आफूहरुले पनि लोकतान्त्रिक समाजवाद अगाल्नेहरुको अलगै पार्टी गठन गर्ने योजना रहेको उनले राज्यसत्तालाई बताए ।
–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %