झापड महिमा अपार

Read Time:5 Minute, 7 Second

नेपाली राजनितीका शक्तिशाली नेता प्रचण्डले अन्ततः आफ्नै कार्यकर्ता बाग्लुङ्ग निवासी पदम कुँवरको हस्त झापड रुपी आर्शीबाद प्राप्त गर्न सफल भएका छन् । नेपाली राजनितीमा झापड किन आशीर्वाद बन्न पुगेको हो यो बारे भन्नु पर्दा नेपालका चर्चित र ठुलो भनौदा नेताहरुको शुभ लाभ एवं पदोन्नती झापड महिमाको आर्शीवाद साबित भएको छ । झापड महिमारुपी आर्शीवादको शुरुवात नेपाली कांग्रेसका दिग्गज नेता रामचन्द्र पौड्ल माथि दलित गोल्छे शार्कीको बज्रेको थियो फलस्वरुप रामचन्द्र उपप्रधानमन्त्रीसम्म हुन सफल भए । त्यस्तै २०६७ साल माघ ७ गते देवी प्रसादको देवी आर्शीवाद रुपी झापड खानुको पश्चात राजनितीमा झण्डै झण्डै झल्लु भइसकेका झलनाथ खनाल १५ दिन पश्चात नेपालका प्रधानमन्त्री पदमा शौभायामान हुन पुगे । २०६९ असोज १३ गते कपनमा भएको कांग्रेसी चियापान समारोहमा कांग्रेसी कार्यकर्ता बस्नेतद्धारा शुशीलमाथि गरेको कुर्सी प्रहारले वँहाको शुभलाभ हुने सम्भावना क्षीण बन्दै गएको छ, किनभने कांग्रेसी कार्यकर्ता बस्नेतको कुर्सी प्रहार सट्टा चस्मा फुट्ने गरी झापड महिमाको रस्वादन शुशील कोईरालाले प्राप्त गरेको हो भने निश्चित रुपमा शुशील कोइराला नेपालका राष्ट्रपती वा प्रधानमन्त्री बन्ने ठोकुवा गर्न सकिन्थ्यो ?
नेपालको राजनितीमा अद्भुत आश्चय लाग्दो कुरा के छ भने झापड महिमाले सटिक निशाना र जाती पनि हेर्दा रहेछ, दलित गोल्छे शार्कीको झापड महिमाको कारण राम चन्द्रको उपप्रधानमन्त्री पद भन्दा पदोन्नती हुने सम्भावना देखिन्न, ब्रह्मज्ञानी ब्राहमण देवी प्रसादको देवी प्रसाद रुपी झापड महिमाको १५ दिन पश्चात झलनाथ प्रधानमन्त्री बन्नु सफल भएको कुरा संयोग नभई झापड महिमा पनि जातीवादि ग्रसित रहेको प्रमाणित भएको छ । नेपालका शक्तिशाली नेता प्रचण्डको इच्छा नेपालको उच्च राष्ट्रपति पद प्राप्त गर्नु हो । संविधानसभाको चुनाव पश्चात राष्ट्रपती बन्ने इच्छा हुदा हुदै प्रचण्ड भित्ते राष्ट्रपती बन्न पुगेको नेपाली जनता सामु झलझली छ र नेपाली जनताले प्रचण्डको राष्ट्रपती हुने इच्छा बुझेका छन् । संविधानसभाको चुनावमा झापड रुपी आर्शीवाद प्राप्त नभएको कारणले गर्दा जे गर्दा पनि प्रचण्ड आफ्नो लक्ष्यमा सफल हुन सकेनन् । जे होस् ढिलै भए पनि पदम कुँवर अर्थात राणा वंशको होनहार सपुतको झापडको रस्वादनले निश्चित रुपमा प्रचण्डको इच्छा पुर्ण हुने सम्भावनाको ढोका खुलेको छ तसर्थ प्रचण्डले पदम कुँवरलाई धन्यवाद दिनै पर्छ । प्रतीक्षा गरौ अब चाँहि प्रचण्डलाई ३ सरकार जस्तै निरकुंश राष्ट्रपती हुनबाट कसैले रोक्न सक्दैन ।
 झापड महिमाको करिश्मा नेपालको राजनितिमा आर्शीवाद वा वरदानको रुपमा ग्रहण गर्दै गरेको कारणले गर्दा त्यो दिन टाढा छैन जब नेपालका राजनितिमा पदोन्नती र शुभलाभका लागि नेपाली नेता झापड महिमाको प्रतिक्षामा प्रतिक्षारत रहने छन् । मधेसले राष्ट्रपती, उपराष्ट्रपती, उपप्रधानमन्त्री जस्तो उच्च पद प्राप्त गरीसकेका छन् । मात्र बाँकि छ प्रधानमन्त्री बन्न तसर्थ प्रधानमन्त्रीको पदमा मधेसी समुदाय भएको देख्न आंकाक्षा पुर्ण गर्न मधेसका भ्रष्टाचारी अवसरवादि, अराजनितिक नेतालाई मधेसी जनताले कहिले सम्म झापडरुपी आर्शीवादको रस्वादन गराउने हुन् हेर्न बाँकि छ । जे होस् नेपाली झापड महिमा अपरम्पार छ जुन नेताले झापड खायो, त्यसको बेडा पार छ ।
अमरदिप मोक्तान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %