दीपा आले काठमाडौ मंसिर २ गते, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट २ लाख २८ हजार ५६ रुपिया रकम उठेको छ ।
मगर विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले खेलिएको उक्त देउसी भैलो बाट सो रकम प्राप्त भएको हो l
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रेणुका काउचाका अनुसार आर्थिक रुपमै संगठनलाई बलियो बनाउने तथा शैक्षिक क्षेत्रमै मगर विद्यार्थीको वृद्धि गर्ने उद्देश्यले तिहारमा देउसी भैलो खेल्दै आएको बताउनु भयो ।
अध्यक्ष काउचाले मगर विद्यार्थीलाई शैक्षिक, आर्थिक र सांस्कृतिक पहिचानलाई दिगो रुपमा निरन्तरता दिन आर्थिकको आवश्यकता हुने भएको हुंदा तिहारमा देउसी भैलो खेल्नु पर्ने धारणा राख्नु भयो ।
उहांले भन्नु भयो —संगठनलाई बलियो बनाउन मगर समुदायको दायित्व हुनु पर्दछ त्यो भन्दा पनि महत्वपूर्ण दायित्व र जिम्मेवारी भनेको राज्य हो । आर्थिक र शैक्षिक क्षेत्रमा पछाडि परेका मगर समुदायको स्तरवृद्धि गर्न राज्य संवेदनशील हुनु पर्ने बताउदै स्यम मगर विद्यार्थीहरु पनि सक्रिय भएर लाग्नु पर्ने उल्लेख गर्नु भयो ।
संगठनका बरिष्ठ उपाध्यक्ष दिपु श्रीषका अनुसार पछिल्लो समय यता मगर समुदायको भाषा, धर्म संस्कृति लोप हुंदै गएकोमा चिन्ता व्यक्त गर्दै अबका नयां पिढिले आफ्नो मौलिक पहिचान र शैक्षिकस्तर सुधार्न लाग्नु पर्ने बताउनु भयो ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले देउसी भैलो खेल्न मगर समुदायका अग्रजहरुका घरमा गएका थिए । सोही क्रममा आर्थिक रुपमै सहयोग गर्नेहरु मध्ये आईजीपि कुबेर सिंह रानामगर, डिआईजी प्रार्वती थापामगर, हङकङ बाग्लुङ मगर समाजका अध्यक्ष याम बहादुर बुढाथोकी, नेपाल प्रहरीका पूर्व एसपी हरि थापामगर , नेपाल मगर संघ केन्द्रिय समितिका केन्द्रिय सदस्य नर बहादुर रानामगर, नेपाल मगर संघ केन्द्रिय समिति उपाध्यक्ष गंगा थापामगर ललितपुर जिल्ला मगर संघका सल्लाकार तथा पूर्व अध्यक्ष गुप्त बहादुर रानामगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय पूर्व महासचिव नरेश खपांगी मगर, पूर्व सचिव कमला रानामगर, पूर्व केन्द्रिय सदस्य हरिबंश रानामगर, सरु रोकामगर, चन्द्रा थापामगर, सुमन सिंहमगर, गंगा थापामगर, कृष्ण मगर, कमला मगर, भिम थापामगर, पवित्रा थापामगर, राजु मगर, सुदिप रानामगर, भिम रोकामगर, जितेन्द्र थापामगर, इन्द्र बहादुर थापामगर, मिन बहादुर रानामगर, सानु रानामगर, विर बहादुर रानामगर, क्षेत्र रानामगर, चन्द्र रानामगर, दिपक घर्तिमगर, लिल बहादुर थापामगर, टुन बहादुर थापामगर, बलमान पुनमगर, मनि पुनमगर, हेमा पुनमगर, भक्त बहादुर पुनमगर, रेशम गुरुङ, अमृत श्रीषमगर, दिलमाया पुनमगर, चन्द्र पुनमगर, विकास बुढाथोकीमगर, तारा बुढाथोकीमगर, प्रकाश बुढाथोकीमगर, हरिमाया काउचामगर, तेजेन्द्र बुढाथोकीमगर लगायत रहेका छन् ।
देउसी भैलो खेल्ने क्रममा नेपाल मगर विद्यार्थी संघले आफ्ना भेषभुषामा सजिएर आफ्नै भाषा र संस्कृतिमा नृत्य तथा गीत गाएका थिए । लोक गायक जुना श्रीषमगर, फुलु घर्तिमगर, कर्ण बुढामगर, रोमु भुजेलले गाएको गीतमा अनुषा मगर रोशनी मगर, खेम बुढा, बलबिर बुढा, निर्मला श्रीष मगर धनामगर कमला श्रीष, शोभा काउचा लगायतले मगर संस्कृतिको ताल नाच, कौडा, सालैजो गीतमा नृत्य गरेका थिए । साथै ३ दिन सम्म खेलिएको देउसी भैलोमा पर्यटन बोडका जातीय संग्रालयका अध्यक्ष बम कुमारी बुढामगर, नेपाल मगर विद्यार्थीका पूर्व अध्यक्षद्वय झकेन्द्र घर्तिमगर र भोजविक्रम बुढामगर कार्यक्रम अवधिभर साथ दिएका थिए । त्यसैगरी नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष दीपा आले मगर, १८ मगरातका भाषिक उपाध्यक्ष खेम बुढामगर महासचिव बलविर बुढा मगर, संगठन सचिव दिनेश राना मगर, सचिव युरिका थापामगर, कोषाध्यक्ष सुबास आलेमगर, केन्द्रीय सदस्यहरु सजना घर्तिमगर, सन्देश आलेमगर, कोकिल अस्थानीमगर, पूर्व सदस्य तथा महिला विभाग सदस्य सचिव चन्द्रा थापामगर, राजु थापामगर, बागमती अञ्चल अध्यक्ष रुद्र श्रीष, उपाध्यक्ष अमर थापामगर लगायत काठमाडौमा उपस्थित सम्पूर्ण मगर विद्यार्थीको सहभागीता रहेको थियो ।