ट्रक र मोटरसाइकल जुद्धा मोटरसाइक चालकको ज्यान गयो

    परासी, १६ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तमसरिया–५ मा गएराति भएको सवारी दुर्घटना परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    पश्चिबाट पूर्वतर्फ द्रुतगतिमा आइरहेकोे मोटरसाइकल ट्रकमा ठोक्किदा मोटरसाइकलचालक कावसोती थकालीचोकका ३२ वर्षीय मानप्रसाद सिंह ठकुरीको घटनास्थमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलको ठक्करबाट ट्रकचालक र सहचालकसमेत घाइते भएका छन् । उनीहरूको कावसोतीस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जना ट्रकमा फलफूल  लोड गरिरहेका थिए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %