मगर विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नको लागि देउसी भैलो

Read Time:2 Minute, 43 Second

दीपा आले
काठमाडौ कार्तिक ३० गते, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले मगर विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नकोलागि सधैं झै यसपटक पनि देउसी भैलो खेलेका छन् ।
मगर समुदायको हक हित र सांस्कृतिक पहिचानलाई जोगाउदै शैक्षिक क्षेत्रलाई बढाव दिनकोलागि प्रत्येक वर्ष यसरी नै समितिले देउसी भैलो खेल्दै आएको हो ।
केन्द्रिय समितिको आयोजनामा भएको देउसी भैलोमा नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्षहरु झकेन्द्र घर्तिमगर, भोजविक्रम बुढामगर, माधव दलार्मीमगर पर्यटन बोर्ड जातीय संग्रालयका अध्यक्ष बम कुमारी बुढामगर लगायतको उपस्थिति रहेको थियो ।
देउसी  भैलो खेल्ने क्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका पदाधिकारीहरु, आइजीपी कुबेर सिंह राना मगर, डिआइजी पार्वती थापामगर, व्यापारी भिम रोका मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व महासचिव नरेश खपांगी मगर र कमला राना मगर लगायतको घरमा गएर एक आपसमा देउसी भैलो खेली शुभकामना आदानप्रदान गरेका थिए ।
मगर विद्यार्थीहरुले आफ्नो भेषभुषा र संस्कृतिलाई बचाउनकोलागि देउसी भैलोमा मगर गीत नृत्य का साथै आफ्नै भेषभुषामा सझिएका थिए ।
केन्द्रिय समितिका अध्यक्ष रेणुका काउचा मगरको अध्यक्षता भएको उक्त देउसी भैलो कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरु महिला उपाध्यक्ष दीपा आले, महिला  सचिव युरिका थापा मगर र संगठन सचिप दिनेश राना मगर आफ्नो गृह जिल्लाबाट काठमाडौ आएका थिए । भने अन्य पदाधिकारीहरु आ आफनै जिल्लामा दैउसी भैलो खेलेका छन् ।
समितिका अध्यक्ष रेणुका काउचा मगरका अनुसार देउसी भैलो खेली उठेको रकम मगर विद्यार्थीको शैक्षिक क्षेत्र र संगठनमा खर्च गरिने बताइन ।  साथै आज भाईटिकाको दिन पनि देउसी भैलो खेलिने अध्यक्ष काउचाले बताइन ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %