कार्तिकमै बजेट ल्याउने सरकारको योजना तुहियो

Read Time:2 Minute, 41 Second

सरकारले सहमति गरेर कार्तिक महिना भित्रै बजेट ल्याउँन गरेको प्रयास सफल हुन सकेन ।  प्रतिपक्ष दल कांग्रेस र एमाले सरकारलाई एक्लौटी रुपमा बजेट ल्याउन नदिने अडानमा लागेको र राष्ट्रपतिले समेत सरकारलाई सहमतिमा मात्रै बजेट ल्याउन सुझाए पछि सरकारको बजेट ल्याउने योजना पर सरेको हो । प्रतिपक्ष दल कांग्रेस र एमाले लगायतका दलहरुले सहमति वेगर बजेट नल्याउन राष्ट्रपतिलाई यस अगाडि लिखित ज्ञापन पत्र बुझाएका थिए । यद्यपी सरकारले कात्र्तिक २७ मा बजेट ल्याउने गृहकार्य गरेको थियो । दशैँ अगाडि देखि सरकारले सहमति गरेर बजेट ल्याउन निरन्तर प्रयास गरे पनि तिहारसम्म पनि बजेटमा सहमति जुटेन । सहमतिमा बजेट ल्याउन राष्ट्रपतिले २७ कार्तिकमा माओवादी एमाले, कांग्रेस र मधेशवादी दलहरुको बैठक शितल निवासमा डाकेका थिए, तर त्यो वैठकले पनि कुनै सहमति जुटाउँन सकेन । वैठक पछि उपप्रधानमन्त्री विजय गच्छादारले संरचारकर्मीसंग मंसिरको दोस्रो हप्ता भित्र बजेट लगायत राजनीतिक निकासका विषयमा सहमति जुट्ने बताए ।  राष्ट्रपतिले बजेट लगायत राजनीतिक गतिरोधको गाँठो फुकाउन प्याकेजमै सहमति गर्न दलहरुलाई पुन दबाव दिएको स्रोतले वतायो । सरकारले ल्याएको एक तृतियाँश बजेट कार्तिक मशान्तमा सकिदै गर्दा देश आर्थिक संकट तर्फ धकेलिएको छ । सरकारले कात्र्तिक भित्रै बजेट ल्याउने योजना तुहिए पछि अर्थमन्त्रालयका अधिकारीहरु समेत चिन्तामा छन् । समयमै बजेट जारी नहुदा सरकारले कर्मचारीलाई तलव खुवाउन समेत गाह्रो परिसकेको छ ।  बजेटमा प्रतिपक्षसंग सहमति कायम नभए अध्यादेशबाटै एक्लौटी रुपले बजेट ल्याउने एनेकपा माओवादीले चेतावनी दिएको थियो । तर सहमति वेगर बजेट नल्याउँन राष्ट्रपतिले आग्रह गरेपछि माओवादी अहिले पछि हट्न बाध्य बनेको छ ।
-राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %