अमेरिकामा आएको सामुन्द्रिक आँधी ‘स्यान्डी’ र जलबायु परिवर्तन

Read Time:7 Minute, 16 Second

बिजय हितान

गत साता आएको सामुन्द्रिक आँधी स्यान्डीले संसारकै साँढे मानिने अमेरिकालाइ खुत्रक्कै घुँडा टेकायो । परिणाम स्वरुप बिस्व अर्थतन्त्रको नाभी न्युयोर्क शहरको स्टक बजार नै २ दिनसम्म बन्द हुन जाँदा ब्यापारमा कति घाटा परे होला १ अनी  कहिल्यै न निदाउने शहरको उपनामले प्रख्यात न्युयोर्कमा अचानक बिजुलीको लाइन गएर निदाइजाँदा त्यँहा बसोबास गर्ने नागरिक, त्याँहा पुगेका पर्यटक, र त्याँहाका ब्यापारीहरूको अवस्था कस्तो रह्यो होला ! सायद अमेरिकाको इतिहासमा यो एक महान प्रलयको दिन हुनुपर्छ ।

अर्थसास्त्रीहरू धन्दै ५० बिलियन डलर बराबरको छती भएको अनुमान गरेका छन् । अजिङरले आफ्नो आहारा निलेजस्तै जमैका र हाइटी जस्ता क्याराबियन रास्ट्रहरूलाई आफ्नो बाटोमा यस अघि सिकार बनाई सकेको स्यान्डीस अमेरिकाको फ्लोरिडा, वाशिङ्टन डी सी र न्युयोर्क जस्ता पुर्बिय प्रान्तहरूमा आइपुग्दा यसको ब्यास धन्दै ११०० माइल र हुरीको बेग ८० माइल प्रतिघन्टा थियो ।

यस्तो भीषण सामुन्द्रिक आँधी किन र कसरी आयो भन्ने बिषयमा मानिसहरूको आ-आफ्नै मतमतान्तर छ । यसको आकार र यसले पुर्याको छतिको आधारमा स्यान्डी अहिले सम्मकै संसारको सबैभन्दा ठुलो आँधी बेहरी हुनुपर्ने मौसम् बिद्द्वहरूको भनाइ छ । सचेत नागरिक र बैग्यानिकहरू के यो सधैं घटिरहने प्राक्रितिक प्रकोप हो या जलबायु परिवर्तनको कारणले हो भनेर औँला टोकी रहेका छन । अमेरिकाले आतङ्कबादीको नाममा तालेबान, अलकाइदा र अन्य उग्रबादी मुस्लीम समुहहरूको खेदो गरिरहेको अवस्थामा, त्यस्ता समूहहरूले स्यान्डिलाई प्राक्रितिक न सम्झि एक दैबी प्रकोप सम्झेका होलान् । फेरि महान चाड इद मनाइरहदा मुस्लीमहरुको नम्बर वान सत्रु मानिने अमेरिकामा स्यान्डीको आकर्मणलाई कतिले त अल्लाको दुवा हो भनेर रुढिबादी बीचार पनि पोखे होलान । त्यसैगरि डिसेम्बर २०१२ मा संसार ध्वस्त हुन्छ भन्ने हल्लामा बिस्वस्त मानिसहरू स्यान्डीलाई त्यहि प्रलयको सुरुआत मानेका छन् होला ।
स्यान्डी आउँदै छ भन्ने सूचना भु-उपग्रह मार्फत पाउँदा पाउँदै र ज्यान तथा सम्पत्ति जोगाउने पूर्व तयारीको बावजुत पनि सुरुङे रेलमार्ग, राजमार्ग, र बिमानस्थल जलमग्न बने भने भवनहरू ध्वस्त भए । साथै १०० भन्दा बढी मानिसहरूको ज्यान जानुले यो स्यानो तिनो आँधी थियन भन्ने बोध हुन्छ । समुन्द्रको छाल दिनमा एकचोटी बढछ एकचोटि घट्छ । संजोगबस समुन्द्रको छाल बढिरहेकै अवस्थामा स्यान्डी अमेरिकाको तटवर्तिय भुभागमा आइपुग्दा सामुन्द्रिक बाढी उत्पन्न हुन गै झनै ठुलो असर परेको थियो । यदि समुन्द्रको छाल् घटने अवस्थामा स्यान्डी आएको भए त्यति ठुलो छती नहुने थियो । बिधितै छ जलबायु परिवर्तनले गर्दा समुन्द्रको सतह बर्सेनी २-३ मिलिमिटरको दरले बढदै छ । बिसौं सताब्दिमा समुन्द्रको सतह २० सेन्टिमिटर बढेको अनुमान छ । पचास प्रतिसत बिस्वको जनसंख्या सहरमा बस्दछन् । दुई तिह्याइ सहरहरू सामुन्द्रिक तटवर्तिय छेत्रमा पर्दछन । न्युयोर्क जस्ता तटवर्तिय शहरहरू जो समुन्द्रको सतहबाट केही मिटर मात्र माथी छन्, स्यान्डी जस्तो अती सक्तिसाली हुरिबतास आउँदा त्यसको असर कस्तो हुन्छ तपाइ हामि आफैले बीचार गर्न सकिन्छ ।
अमेरिकालाई यो दुर्दसा रास्ट्रपतीय चुनावको गरमागरम बेलामा परेको छ । टेलिभिजन बहसमा रास्ट्रपतिका उम्बेदवार बाराक अबामा र मिट रोम्नीले अर्थतन्त्र, सुरछ्या, र स्वास्थ्य सुधारका बिषयमा मात्रै बहस गरेका थिए । जलबायु परिवर्तन् र यसले पार्ने असर उनिहरुको एजेन्डामा न देखिदा अमेरिकी जनता चिन्तित थिए । तर स्यान्डी जस्तो आँधीले सम्पुर्ण अमेरिकालाई नै ध्वास्त पार्दा जलबायु परिवर्तन् जस्तो महत्त्वपूर्ण बिषयले ठाउँ पाउला भनेर बिश्लेखकहरु अहिले निर्धक्क छन । अब यातायतका साधनबाट हुने उत्सर्जन, बैकल्पिक तथा हिरियो उर्जा, कार्बन्डाइ-अक्साइडलाई बातावरणमा न्युन गराउने जस्ता सरकारी नितिले स्थान पाउने सम्भावना बढेको छ ।
यतिखेर सामुन्द्रिक आँधीको मार खेपेको अमेरिका पुनरुथ्थान र पुनर्स्थापनाको मोडमा छ । यतिको ठुलो प्रलय यदि गरीब मुलुखरुमा हुन्थ्यो भने अहिले दात्रु रास्ट्रहरूको सहयोगको ओहिरो लाग्थ्यो र पहिलाको अवस्थामा टाउको उठाउन त्यस रास्ट्रलाई दसौँ बर्ष लाग्थ्यो । तर अमेरिका आफै सर्बसम्पन्न भएकोले कुन रास्ट्रले के कति सहयोग गर्दैछन सुन्नमा आएको छैन् । न त अमेरिकालाई पहिलाको अवस्थामा फर्किन त्यतिका बर्ष नै लाग्ने छ । धनी रास्ट्रमा होस या गरीब रास्ट्रमा, धनजनको छति पछीको पीडा सबै मानव जातिलाई एउटै हुन्छ । त्यसैले यो घटना चाहे प्राक्रितिक प्रकोप होस, चाहे दैबी प्रकोप होस, या त जलबायु परिवर्तको कारणले होस, अमेरिकी जनताप्रती हाम्रो हार्दिक समबेदना छदैछ । तर जलबायु परिवर्तनको कारणले स्यान्डी जस्तो अर्को प्रकोप फेरि कहिं कतै नदोहरिला भन्न सकिन्न ।  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %