बागलुङ्ग समाज हंगकंगको अध्यक्षमा पुन

Read Time:3 Minute, 3 Second

बागलुङ्ग समाज हंगकंगको पाँचौ अधिबेशन युनलंगमा सम्पन्न भएको छ l  अधिबेशनले श्री देवान सिंह पुनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ l अन्य पदाधिकारीहरूमा उपाध्यक्ष चेतन गैरे, सचिब राम श्रीस, सह-सचिब विकास बुढाथोकी निर्बिरोध चुनिनु भएको छ l समितिको सदश्यहरुमा टेक बहादुर थापा, सक्त मान बुढाथोकी, जुद्ध बिर थापा, बिक्रम राना, बम बहादुर राना, बुद्धि थापा, गम्मर सिंह श्रीश हुनुहुन्छ l अन्य सदस्यहरूमा मिस्टर पुन,  जगत थापा तथा एकजना महिला रस्मीना श्रीस सबै जना सर्वसम्मतले छानिनुभएको  हो l कोषाध्यक्षको  जिम्मेवारी  हाललाई यथावत राखिएको छ, जसमा टोप बहादुर श्रीश हुनुहुन्छ l
तीन सदस्यीय अध्यक्ष मण्डललाई  प्राप्त निर्बाचन अधिकारद्वारा नयाँ कार्य समितिको छनोट प्रक्रिया पूरा गरिएको थियो l अध्यक्ष मण्डल प्रमुख श्री चद्र प्रसाद श्रेष्ठ सदस्यहरूमा क्या. जंग बहादुर राना तथा बम बहादुर पुन हुनु हुन्थ्यो l
दुई सत्रमा बाँडिएको उक्त अधिबेशन समाजका निबर्तमान अध्यक्ष श्री याम बहादुर बुढाथोकीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति समाजका सल्लाहकार प्रमुख क्या. श्री जंग बहादुर राना हुनु हुन्थ्यो l सचिब मान बहादुर थापा सांगठानिक प्रतिबेदन, कोषाध्यक्ष टोप बहादुर श्रीश आर्थिक प्रतिबेदन तथा खेलकुद बिभाग सचिब तेज बहादुर थापाद्वारा प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो l बिधान संशोधन समितिद्वारा पेश गरिएको सुझाब प्रतिबेदन समितिका निबर्तमान अध्यक्षले बन्द सत्रमा प्रस्तुत गर्नु भएको थियो, जसमा केही बुंदाहरूमा छलफल भई संशोधन पारीत गरिएको थियो l स्थापनाकालमा बिधान निर्माण समितिका एक प्रमुख व्यक्तित्व एवं भुपू अध्यक्ष श्री चुरा थापाको बिशेष उपस्थितिले बिधान संशोधन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको थियो l 
अधिबेशन युनलंगको डी ए बी कार्यालको हलमा सम्पन्न भएको थियो l

Baglung Samaj

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %