अपाँगता अधिकारको प्रभाबकारी कार्यन्वयन बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम

Read Time:3 Minute, 35 Second

दीपा आले,
नेपालगन्ज कार्तिक २६, सरकारी निकाएले दिने सेवा र सुबिधाबाट असन्तुष्ट बाँकेका अपाँगता भएका व्यक्तिहरुले सरोकारवालाहरुलाई  दर्जनौं प्रश्न तेस्र्याएका छन् ।
बास र डेक नेपालले आइतबार नेपालगञ्जमा आयोजना गरेको अपाँगता अधिकारको प्रभाबकारी कार्यन्वयन बिषयक सार्बजनिक सुनुवाईमा सहभागि अपाँगता भएका व्यक्तिहरुले प्रश्न गरेका हुन् ।
बाँकेका फत्तेपुर, बैजापुर, बिनौना, कालाफाँटा, नरैनापुर, सीतापुर, बागेश्वरी लगायत ३० गाबिसका अपाँगता भएका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले निःशुल्क शिक्षा कार्यन्वयन नभएको, यातायातका साधनहरुमा अपाँगता भएकाहरुलाई आरक्षित सिट प्रदान नगरेको, स्थानीय निकाएलाई आबश्यक बजेट बिनियोजन नगरिएको लगायतका गुनासा गरेका थिए ।
बिभिन्न प्रश्नहरुको उत्तर बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला ट्राफिक कार्यालयका प्रमुख पोषण ढकाल, जिल्ला बिकास समिति, बाँकेका कार्यक्रम अधिकृत रमेश शाह, महिला तथा बालबालिका कार्यालय, बाँकेका मूख्य महिला कार्यकर्ता बिन्दु कुवँर, जिल्ला पशु सेवा कार्यालय, बाँकेका पशु चिकित्सक जनकराम भण्डारी, जिल्ला कृषि बिकास कार्यालय, बाँकेका प्रमुख युगल किशोर तिवारी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मन प्रसाद रेग्मी, गाबिस हकहित संरक्षण केन्द्र, बाँकेका अध्यक्ष उत्तम सिंह सोंढी, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके प्रमुख जीवन कुमार मल्ल, भेरी अँचल अस्पताल का प्रमुख डाक्टर बिनोद खेतान लगायतले दिएका थिए ।
सुनुवाईको अन्तमा साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरिएको थियो । जसमा अपाँगता भएका व्यक्तिहरुको अधिकार कार्यन्वयन गर्ने, सेवा, सुबिधा प्रदान गर्दा अपाँगता भएकाहरुलाई प्राथमिकता दिने, भेरी अँचल अस्पतालबाट निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने, सामाजिक सेवा युनिट स्थापना गर्ने, सार्बजनिक यातायातका साधनहरुमा अपाँगता भएका व्यक्तिहरुको आरक्षित सिट सुनिश्चित गर्ने, सरकारी कार्यालयहरुलाई अपाँगता मैत्री बनाउने लगायतका रहेका छन् ।

बास निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि डेकका निर्देशक देबिदक्त आचार्यले प्रकाश पारेका थिए । कार्यक्रममा २०० बढि अपाँगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो भने २५ वटा ह्वील चियर वितरण गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %