इस्लाम धर्मालम्बि डा. मोहम्मद मोहसिनले हिन्दु राजाको हातबाट टिका ग्रहण गरेका थिए

Read Time:9 Minute, 48 Second

केहि वर्ष अगि तागाधारि सुरक्षा समाज सिक्किम्को ब्रामण जातिहरुमा वितरण भएको साचो पर्चा “गायत्रि मन्त्र” मा भनिएको थियो l मतवालिबाट जो पनि नेता बन्न खोज्दछ त्यसलाई कुनै रितले नास गर्नै पर्छ र साप्रदायिक भनेर, देश द्रोहि भनेर, समाज विरोधि, भ्रस्टचारि एबम यस्तै बिभिन्न सन्ज्ञा दिएर प्रचार प्रसार गर्नु पर्दछ l ताकि त्यो नेतालाई उसका जातिका मानिसहरुले पनि साथ दिन डरवस र जातिवादको छाप लागे पछि दुवानि (काम नचल्ने) भै हाल्छ र यति गर्दा पनि कार्य फ़त्ते नभए धर्मदत्त फ़र्मुला प्रयोग गर्न पनि पछि हट्नु हुदैन, हिच्किचाउनु हुदैन l साथै मतवालि (जनजाति) हरुको समर्थन एबम चुनावमा भोट पाउनकोलागि उनिहरु विचमा सधै अमेल र फ़ुट पैदा गराउने र आपसमा जुधाउनु पर्छ लडाउनु पर्छ जसरि अन्ग्रेज हरुले भारतमा जाति जाति हरुमा फ़ुट ल्याई सयौ वर्ष राज्य गर्न सक्षम भएका थिए l यि मतवालि जनजातिहरुमा एकता कायम हुन नदिनुनै हाम्रो विजय हो l यसका लागि (धर्म दत्त फ़र्मुला) साम, दाम, दण्द र भेद लगाई यो फ़ुट सदा कायम राख्न सक्ष्म हुनु पर्दछ, भन्ने यिनि बाहुनवादिहरुको त्यो गायत्रि मन्त्रको सिकार भएको थियो l आदिवासि जनजातिका महान श्रदय नेता गोरे बहादुर खपान्गि मगर र होइन भने तत्कालिन अमेरिकि राज्दुत क्रिस्चन धर्मालम्बि क्रिस्टिना रोक्का, राष्ट्रिय सभाका अध्यक्ष इस्लाम धर्मालम्बि डा. मोहम्मद मोहसिनले हिन्दु राजाको हातबाट टिका ग्रहण गर्दा माधव नेपालले घुडा टेकेर ज्ञानेन्द्र लाई पैसा चडाउदा प्रचण्ड, बाबुराम, झलनाथ, माधव, केपि, शुसिल र शेरबहादुर मुस्लिमको चाडमा मुस्लिमकै भेस भुसामा शुभकामना आदन प्रदान गर्दा किन बहसको बिषय बन्दैन ? तत्कालिन राष्ट्रिय जनमुक्ति पाटिको एक जिम्मेवार प्रभावशालि नेताको हैसियतले, जुन राज नैतिक पाटिले धार्मिक भासिक, सास्क्रितिक सहिस्णुताको जिम्वेवारि पुर्ण वकालत गरेको थियो त्यहि पाटिबाट एउटा राष्ट्रिय नेताले अरुको धर्म, सस्क्रितिको सम्मान स्वरुप हिन्दु धर्मालम्बि राजाको हातबाट टिका ग्रहण गरेको बिषयमा किन प्रोपागाण्डा ? किन भ्रम ? किन झुट्को खेति अर्थात किन कप्रचार ? हामिले बुझ्नै पर्ने गाठि कुरो के हो भने खपान्गिको आफ़्नो बिबाह थिएन अरुको बिबाहमा जन्तिमात्रै जानु भएको थियो l बिबाह हुने एउटा कुरा हो जन्तिमात्रै जाने अर्कै कुरा हो र एउटा महान समाजवादि नेता राष्ट्र्कै नेता हुन्छ l कुनै जाति धर्म समुदायको मात्रै सागुरो घेरामा मात्रै सिमित हुदैन र l यो हामि आदिवासि जनजाति समुदायले बुझ्नु पर्दछ l उहा अहिले नेपालको राजनैतिक विर्तमा प्रमुख समस्याको सवाल रहेको धर्म निरपेक्ष राज्य, राज्यको सम्मान जनक पुनर सम्रचना, आत्म निर्णय सहित जातिय स्वशासन एबम राज्यको निति निर्माण गर्ने, निर्णय गर्ने र निर्णय कार्य नयन गर्ने सबै तह र तप्कामा आफ़्नो जातिको जनसन्ख्याको समानुपातिक प्रतिनिधित्व्को चेतनाको ससक्त बेकुल फ़ुक्नु भएको थियो l तिन चार जन जाति मात्रै भेटाए पनि उहाहरुलाई रोकि गोरु गाडामा उभिएर जातिय, क्षेत्रिय र लिङिय विभेद र यसको अन्त्य वारे दिनुभेको तार्किक र सार्र गर्भित भासण यो पङ्ग्तिकार्ले धेरै पटक देखेको र सुनेको छ l जतिवेला अहिलेका (अग्र्गामि समुह) जातिय बिभेद अर्थात सामाजिक बिभेद्का अग्र भागमा खटिनु हुने आदिवासि जनजाति एबम मधिसे समुदायका नेताज्युहरु जातिय मुक्तिको कुरा गर्न र जातिय सन्घ सस्थामा सन्गठित हुन लजाउनु हुन्थ्यो र डराउनु हुन्थ्यो l

विगत दश वर्षको जनयुदमा तत्कालिन माओवादिले उठाएको आत्म निर्णयको अधिकार सहितको जातिय स्वसाशन, धर्म निरपेक्ष राज्य र राज्यको सबै तह र तप्कामा समानु पातिक प्रतिनिधित्वको राजनैतिक निति माओवादिको होइन l गोरेबहादुर खपान्गिले राष्ट्रिय जनमुक्ति पाटि मार्फ़त उठाइएको राजनैतिक सिद्दान्त हो र माओवादिले त केवल साइनिङ लगायर मेडिन माओवादि लेखेको मात्रै हो र त्यसैले जाति, भसा, धर्म, सस्क्रिति, क्षेत्र र समुदायको आधारमा भएको विभेद तथा लैगिक उत्पिडनको विरुदमा एबम सविधानसभाको राज्य पुनर्सरचना तथा राज्य सक्तिको बाडफ़ाड समिति तथा राज्य पुनर्सरचना उच्च स्तरिय सुझाव आयोगको दुई तिहाई बहुमतले परित प्रतिवेदनमा आफ़्नो चार दसक लामो राजनैतिक इतिहासलाई चेकेमा राखेर दिर्ढताका साथ उभिनु हुने नेता असोक राई, रकम चेमजोन्ग, बिजय सुब्बा, पासान्ग सेर्पा, रामचन्द्र झा, रिजवान अन्सारि, किष्ण भट्टचनहरु, सिखण्डिका रुपमा रहेका एकाध जोकरहरु बाहेक सबै आदिवासि जनजाति नेएताहरु एउटै ठाउमा उभिन जरुरि छ l गोरे बहादुर खपान्गि, एम एस थापा, बयान सिङ राई, केशव सुर्यबसि, रामचन्द्र थापा, टोप अस्लामि र रत्न राना लगायतका नेताहरु सन्ग पद (कुर्चि)लाई केन्द्र होइनकि जातिय उत्पिडन, क्षत्रिय उतिडन एबम लिन्गिय बिभेद्लाई केन्द्र बनाइ एउटै मन्चमा उभिनु पर्दछ l अहिले समय अतेन्तै राम्रो छ र आदिवासि जनजाति सक्तिहरु करिव बिस प्रतिसत नेत्रित्व समाल्न सक्षम छन् l हामिहरु जस्ता करिव तिस प्रतिसत युबाहरु अहिलेको समसामयिक विषयमा तर्क सन्गत बहस गर्न सक्षम छौ भने करिव चालिस प्रतिसतले बाहुनवादिहरुबाट आफ़ुहरु ठगियको हेपिएको बुझेका छन् कुनै पनि बिद्रोहका लागि सेनाका जवानहरुले झै आदेसको पर्खाइमा छन् र यो त आदिवासि जनजातिहरुले आव्हान गरेको काठमाण्डौ उपत्याको सडक सन्घर्ष् को आन्दोलन्बाट प्रमाणित हुन्छ l साथै राष्ट्रिय जनमुक्ति पाटिका अध्यक्ष एम एस थापाले राज्य सत्ता डटकमलाई दिएको अन्तर्वार्तामा आफ़्नो पाटि हुदा हुदै असोक राइको पाटिमा किन जाने भनेर अन्तवार्ता दिनु भएको थियो l त्यो भनाई आदिबासि जनजाति एबम उत्पिडनमा परेका जाति बर्ग समुदायको चाहना बिरुद्दमा छ l अव पाटि निर्माण भए सबै उत्पिडित जाति, बर्ग, क्षेत्र र लिन्गको हुने छ l जसले सम्विधान सभामा आएको अभिमतलाई कार्य नयन गर्ने छ l आदिवासि जनजाति, मधेसि, मुस्लिम, दलित, महिला तथा पछि पारिएका क्षेत्रका जनताहरु सबै किसिमका शोषण उत्पिडनबाट मुक्त हुन र समान अबसर, पहुच, प्रतिनिधित्व तथा प्रतिष्ठा प्राप्त हुने छ l अनि निसन्देह यि बाहुनवादि नेता र तिनिहरुका पक्ष पोसण गर्ने दलालहरु खरानि घसि पियालो बस्त्रमा बानरसमा तर्फ़ लाग्ने दिन सन्निकट आउने छ !

हरि घर्ति मगर आबुधावि यूएई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %