जर्मनीको म्युनिक सहरमा धिरज राईको एकल कन्सर्ट हुने

Read Time:1 Minute, 28 Second

गणेश गुरुङ , जर्मनी – १७ नोबेम्बर २०१२ सनिबार बेलुकी जर्मनीको म्युनिख सहरमा नेपाली पप गायक धिरज राईको एकल कन्सर्ट हुदैछ !  ” तिमी  रुदा म पनि त रोएको थिए ”  ” तिम्रा नयन , तिम्रा  अधर ” ” सोइ ढोले  सोइ , अर्को ढोले खै ? ” जस्ता गीतहरुले दर्शकलाई  मोहित गर्न सफल भएका धिरज राई  गत तिन महिना देखी युरोपको विभिन्न  सहरमा  आफ्नु सफलतापूर्ण  एकल कन्सर्टमा ब्यस्त  रहेका छन् ! पेसाले आर्खिटेकट् ईन्जिनियर, अंग्रेजी साहित्यको  प्राध्यापक,  बहुप्रतिभाले सम्पन्न पप गायक राई लेखक पनि हुन् । उनले लेखेको पुस्तक अमेरिकाको कोर्नेड बिस्वबिद्यालयमा समेत पढाई हुन्छ ! जर्मनीको म्युनिख  स्थित  Yak & Yeti  हिमालयन फूड हाउसमा सपन्न हुन् गइ रहेको उक्त कन्सर्टको आयोजन  नेपाल जनजाती समाज  e.V.म्युनिक   जर्मनीले  गरेको हो !  दिपावली पर्वको  उपलक्ष्यमा आयोजन गरिने उक्त कार्यक्रममा नेपाली बुफे तथा  दिपावली पर्वमा सेवन गरिने विभिन्न परिकारको भोजनको ब्यवस्था हुने छ !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %