बेगखोला कल्याणकारी समाज युकेद्वारा सहयोग संकलन

Read Time:3 Minute, 32 Second

बेलायत, बेगखोला गाविस म्याग्दीदेखि विभिन्न समय र विभिन्न प्रयोजनको लागि बेलायत पुगेर बसोबास गरिरहेका बेगखोलेबासीहरुले आफ्नो गाउँ, हामी सबै मिलेर बनाऊ भन्ने नारा सहित बेग र बाँदुक गाउँमा पुग्नको लागि क्रमशः बेग—देउराली ग्रामीण कृषि सडक तथा भी.सी. मार्ग निर्माण गर्नको लागि आर्थिक संकलन गर्न भनेर एक च्यारिटी डिनर कार्यक्रम बेगखोला कल्याणकारी समाज उपशाखा युकेले आयोजना गरि सम्पन्न गरेको छ । जसमा अभिनेत्री जोहाना लुम्ली प्रमुख अतिथि र आकर्षणको केन्द्र विन्दु बन्नु भएको थियो । जोहानाको उपस्थिति हुनासाथ नौमति बाजा र पाईपरले बाजा बजाएर भित्र प्रवेश गराईएको थियो । उनले बेलायतमा बसोबास गर्ने गोर्खालीहरुको समान पेन्सन र अधिकारको लागि आन्दोलनमा सहभागी समेत भएकै कारण गोर्खालीहरुको आदर प्राप्त गर्नु हुन्छ । उनको बाबा जेम्स लुम्लीलाई दोश्रो विश्वयुद्धको बेला भी.सी. तुलबहादुर पुनले बचाउनु भएकै कारण उनी बेगखोलेबासीहरुसँग अझै नजिक हुनुहुन्छ । उनले नै बाँदुकमा पुग्ने मार्ग— भी.सी. मार्ग गत साल नेपाल आउने क्रममा समुदघाटन पनि गरिसकेकी छिन ।
बेगखोला कल्याणकारी समाज उपशाखा बेलायतका अध्यक्ष योगकुमार फगामीको अध्यक्षता र नरेन्द्र पुर्जा र कुमार फगामीको संचालनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । जसमा आफ्नो गाउँ निर्माण गर्नको लागि सहयोग प्रदान गर्ने महानुभावहरुलाई प्रमुख अतिथि लुम्लीले खादा लगाएर सम्मान गरेकी थिइन । साथै लुम्लीलाई पनि गाउँको तर्फबाट उपहार प्रदान गरिएको थियो । जसको कारणले भावुक हुँदै बेगखोलेबासीहरुलाई धन्यवाद दिएकी थिइन ।
कार्यक्रमका अन्य अतिथिहरु : कुलचन्द्र आचार्य (अध्यक्ष : एनआरएन युके), मेजर (रि.) कुलबहादुर थापा (अध्यक्ष : मगर संघ बेलायत), दुत पुन (उपाध्यक्ष : मगर संघ बेलायत), श्रीमान/श्रीमति पोल लेन्स (भूपू मेयर हन्सलो ब्रो), एक फगामी (उपाध्यक्ष : पुन समाज बेलायत), नरबहादुर पुन (भूपू सांसद) हुनुहुन्थ्यो । कार्यक्रममा ७१ लाख उठेको छ भने यो अझै बढ्ने अध्यक्ष योगकुमार फगामीले जानकारी गराएका थिए । यो सडकको अर्को वर्ष उद्घाटन हुने भनि नेपालमा अहिले देखि सम्पन्न गर्ने तथा उद्घाटन कार्यक्रमको तयारी पनि गरिदैंछ ।

— गीताप्रसाद चोचाङी बेलायतबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %