अस्ट्रेलियामा संघिय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति गठन

Nima Gyalje Sherpa’Goparma’
अस्ट्रेलिया, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति, अष्ट्रेलिया, ३ नोवेम्बर २०१२ मा  66 princess st , Canterbury सिड्नीमा २१ सदस्यीय कार्य समिती सर्ब सम्मतिमा गठन भएको छ । कार्यक्रमको सन्चालन सुबाश निङ्लेकुले गरेका थिए । कार्यक्रमको सुरुवात गर्नु भन्दा पहिले आधुनिक लिम्बुवानी सहिद् मनिल तमाङ र माङ्तोक् लिम्बु लगायत ज्ञात अग्यात शहिदहरु प्रती १ मिनट मौन धारन् गरिएको थियो । कार्यक्रमको ब्यबस्थापना गोल मेच ढंगले गरिएको थियो । ब्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थीत हुनु भएका सहभागिहरुमा धन्यवाद तथा स्वागत गर्दै कार्यक्रमको औचित्य, आबस्यक्ता र सान्दर्भिकताको बारेमा मनुराज निङ्लेकु लिम्बुले प्रस्ट पारेका थिए ।
नेपाल आदिबासी जनजाती मंच अष्ट्रेलियाका अध्यक्ष गणेश तमाङले राज्यबाट उत्पिडन्मा परेका सबै जनताहरुको भरिसक एउटै पार्टिमा हुनु पर्ने नभए पनि मोर्चा बन्दि गर्नु पर्ने आबास्यक्ता औल्याए l मंचका उपाध्यक्ष चित्र बहादुर तुम्बाहाङ्फेले लिम्बुवान स्वयत्त राज्य प्राप्तिको आन्दोलनमा अन्य केही दलहरु देखिए पनि मुख्य सक्तिको रुपमा स्थापित भएर देस बिदेसमा विश्वाश जित्न सफल भनेको मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषद नै भएको र यसैलाई सबैले सहयोग गरी अगाडि बड्नु पर्ने आफ्नो धारना बताए । समाजसेबी नीमा ग्यल्जे शेर्पा गोपर्माले लिम्बुवान आन्दोलन भनेको लिम्बुवान स्वयत्त राज्य प्राप्तिको आन्दोलन मात्र नभै यो आन्दोलन भनेको अहिले राष्ट्रको सङ्क्रमन कालिन अवस्थालाई निकास दिनु पनि हो l किनकी लिम्बुवान आन्दोलन अत्यन्तै सभ्य , सम्यमित र सन्तुलित ढंगले ससक्त रुपमा अघाडी बढेको छ भने l परिषदको निमित्त जस्तो सुकै सहयोग गर्न तत्पर छु भनी अश्वासन दिएका थिए । याक्थुङ चुम्लुङ अष्ट्रेलियाका अध्यक्ष बिष्णु फोम्बो लिम्बुले यो कार्य पहिलेनै हुनु पर्ने थियो तर ढिलै भए पनि स्वागत योग्य छ र मैले सक्ने सहयोग सधैं रहन्छ भने । समाजसेबी सशी सुब्बाले लिम्बुवान आन्दोलनलाई एस कार्यक्रमले आर्थिक, मनोबैज्ञानीक रुपमा सहयोग हुनुको साथै ठुलो उर्जा मिल्नेछ  भने l बुद्दी जिबी घनेन्द्र फ्याक लिम्बुले अष्ट्रेलियामा परिषद गठन हुनु भनेको संघियता नचाहने यथस्थिती बादिहरुको लागि ठुलो मनोबैज्ञानीक झापट् हो भने अग्रगमन कारी, पहिचान सहितको संघियता चाहनेहरुको लागि ठुलो उत्प्रेणादायी उर्जा हो ।
नातबम टेलिभिजनका संचालक तथा गायक नरेन्द्र कुलुङले पहिचान्को आन्दोलनमा भोगेको तितो अनुभब सुनाउदै परिषद अष्ट्रेलियामा गठन हुनु पहिचान सहितको संघियताको आन्दोलनमा कोसे ढुङ्गा साबित हुनेछ भने । अम कुमार वोम्बुले, राम कुमार सिप्थुङ्खा खम्बु , बबिता बान्तवा लगायत उपस्थीत सबैलाई छोटकरिमा आफ्नो बिचार राख्ने ।

२१ सदस्यीय कार्य समिती साथै सल्लाहकार  
1. अध्यक्ष :- मनुराज निङ्लेकु लिम्बु 
2. उपाध्यक्ष :- राम कुमार सिप्तुङ्खा खम्बु 
3. उपाध्यक्ष :- लोकेन्द्र सम्बाहाङ्फे 
4. महासचिब :- सुबाश निङ्लेकु 
5. उपमहासचिब :- बबिता बान्तवा 
6. कोशाध्यक्ष :- सबिता चेम्जोङ 
7. उपकोसाध्यक्ष :- अम कुमार वोम्बुले 
8. सदस्य :- सुमन गुरुङ 
9. नबिन काम्बाङ 
10. युद्द राइ 
11. झरेन्द्र याक्पाङ्देन 
12. जगत चेम्जोङ 
13. नरेश बायुङ 
14. सन्तोष चेम्जोङ 
15. आसिस लोहरुङ 
16. जुजुमान तुम्बाहाङ्फे 
17. आनन्द लोहरुङ 
18. शुसिल तुम्बाहाङ्फे 
19. योन्ज तमाङ 
20. दिपक निङ्लेकु 
21. अस्मिता सेनेहाङ 
सल्लाहकार सदस्यहरु :- 
1. नीमा ग्यल्जे शेर्पा गोपर्मा 
2. चित्र बहादुर तुम्बाहाङ्फे
3. गणेश तमाङ 
4. बिष्णु फोम्बो 
5. सशी सुब्बा 
6. घनेन्द्र फ्याक
7. नरेन्द्र कुलुङ 
8. हिस्से शेर्पा